Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पानी नपरे पनि तराईमा ४६ प्रतिशत रोपाइँ

- shuvadmin / शनिबार, साउन ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सप्तरी, पहाडमा ‘रुढा पहिरा’ ले धान खेती पुरिँदा मधेशमा ‘रौदी’ का कारण कृषकले धान रोप्न पाएका छैनन् ।

अत्यधिक वर्षापछि लेदोसहित आएको बाढीलाई पहाडमा रुढा पहिरा भनिन्छ भने मधेशमा असार, साउनमा सडकमा धुलो उड्नुलाई राम्रो मानिँदैन त्यसलाई रौदी भनिन्छ ।

त्यसले राम्रो कुराको सङ्केत नगर्ने सप्तरी कल्याणपुर रुपनी गाउँपालिका–४ का ७८ वर्षीय किसान बिन्हाई खङ्ग बताउनुहुन्छ ।

एक महिनादेखि लगातार पानी नपर्दा तराईको मुख्य बाली धानको रोपाइँ हुन सकेको छैन ।

कृषि विकास निर्देशनालय मधेश प्रदेशका अनुसार अघिल्लो वर्ष असार मसान्तमा मधेश प्रदेशमा ६६ प्रतिशत रोपाइँ भइसकेको थियो ।

यो वर्ष ठ्याक्कै उल्टो भएको छ । मधेशमा हालसम्ममा ४६ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

रोपिएका धान खेतमा धाँजा फाट्न थालेको छ । वि.सं २०७९ मा पनि मधेशले यस्तै प्रकारको विपत्तिको सामना गरेको थियो । सो समयमा मुस्किलले ६० प्रतिशत रोपाइँ भएको थियो ।

मधेशमा प्रत्येक २० देखि २५ वर्षमा लामो खडेरी पर्ने गरेको छ । २००७, २०२९, २०४९ मा लामो खडेरी परेको थियो ।

राजविराज निवासी पूर्वप्रधानाध्यापक नरसिंहलाल कर्णले मिथिला संस्कृतिमा रौदी खडेरी लागेको समयमा महिलाले रातको समयमा इन्द्र भगवान्लाई रिझाउन तन्त्रमन्त्रसहितको गीत गाउँदै ‘जटजटिन’ गर्दा वर्षा हुने विश्वास रहेको बताए ।

त्यस्तै मधेशमा मसलाको रुख रोप्न थालेपछि जग्गा रुखो बनाएको र खडेरीलगायतका समस्या बढेको चौधरीले उल्लेख गरे ।

मधेशमा तीन लाख ७२ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । समयमै वर्षा हुँदा ९७ प्रतिशतसम्म रोपाइँ भएको तथ्याङ्क छ ।

हालसम्म मधेशमा कम्तीमा ७५ प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा रोपाइँ नहुँदा उत्पादनमा ठुलो मात्रामा गिरावट आउने सम्भावना छ ।

मधेश प्रदेशमा देखा परेको खडेरीको समस्याबारे मधेश प्रदेशका प्रमुख, प्रमुख जिल्ला अधिकारीले छलफलसमेत गरेका छन् ।

छलफलमा चुरे संरक्षण, नहरको निर्माण, पुराना पोखरीको उत्खनन्, पानी रिचार्जको नयाँ प्रविधिको विकासमा जोड दिएका छन् ।

मधेश सरकारले लामो समयदेखि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणाको माग गरेको छ ।

मधेश सरकारले सङ्घीय सरकारसँग विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेको हो ।

प्रदेश सरकारले धान रोप्न नपाएपछि भोकमरी र महँगी बढ्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालले मनसुनी वायु सक्रिय भएपनि मधेशमा राम्रोसँग वर्षा हुन नसकेको र अहिले त्यहाँ वर्षाको सम्भावना अधिक भएको उल्लेख गरे ।

Page Views: 49
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama