Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल–चीन सिमानामा रहेको रसुवागढीको मितेरी पुलसहितका संरचनाको निर्माण शुरु

- shuvadmin / बुधबार, साउन ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण शुरु भएको छ ।

रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम शुरु भइसकेको सडक विभागले जनाएको छ ।

विभागका प्रवक्ता प्रभातकुमार झाले नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य शुरु भइसकेको जानकारी दिए ।

उहाँका अनुसार चीन सरकारले सो निर्माण शुरु गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका ठप्प भएको थियो ।

बाढीपहिरोले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म विभिन्न स्थानमा गरेर करिब एक किलोमिटर सडक बगाएको थियो, जस कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको आवतजावत ठप्प भएको थियो ।

त्यसै गरी सोही दिनको बाढीपहिरोले रसुवागढीबाट केरुङतर्फ जाने २५ किलोमिटर सडकमासमेत क्षति पु¥याएको थियो ।

यसअघि सरकारले रसुवागढीमा बाढीपहिरोले बगेका पुललगायतका संरचना निर्माण गरी यथाशक्य सो नाका सञ्चालनका लागि चीनलाई आग्रह गरेको थियो ।

साउन १ गते सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा मन्त्री दाहालले राजदूत चेनसँग सो आग्रह गर्नुभएको थियो ।

राजदूत चेनले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

भदौ ३० गतेसम्म निर्माण सम्पन्न

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीपहिरोबाट बगेको मितेरी पुलको ठाउँमा बेलिब्रिजलगायतका संरचनाको निर्माण भदौ ३० गतेसम्म सम्पन्न गरिसक्ने जानकारी चिनियाँ पक्षले गराएको बताए ।

उनका अनुसार प्रतिबद्धताबमोजिम चीनले तीव्र गतिमा काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले अहिले स्याफ्रुबेँसी–रसुवागढी सडकमा सवारीसाधन सञ्चालनमा आइसकेको जानकारी दिए ।

उनका अनुसार सो सडकमा बसलगायतका हलुका सवारीसाधन सञ्चालनमा आएका छन् ।

मालवाहक ट्रकलगायतका ‘हेभी’ सवारीसाधन सञ्चालनमा तत्कालका लागि रोक लगाइएको छ ।

यसअघि स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १६ किलोमिटरमा आवतजावत बन्द भएको थियो ।

सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले सडकको अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म मालवाहक ट्रकलगायतका ‘हेभी’ सवारीसाधन सञ्चालनमा ल्याउन सकिने बताए ।

चीन सरकारले मितेरी पुलमा बेलिब्रिज निर्माण गरुन्जेल नेपालतर्फका सडक संरचना पूर्ण रूपमा मर्मत भइसक्ने उनको भनाइ छ ।

Page Views: 68
संबन्धित शिर्षकहरु
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
पशुपति क्षेत्रमा सरसफाइ गरियाे
ताजा अपडेट
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama