Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेश प्रदेशलाई सुख्खाग्रस्तबाट बचाउन तत्काल डिप बोरिङ जडान गरिने : प्रधानमन्त्री ओली

- shuvadmin / शुक्रबार, साउन १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

महोत्तरी, प्रधानमन्त्री केपी ओलीले मधेश प्रदेशलाई सुख्खाग्रस्त हुनबाट बचाउन दीर्घकालीन र तात्कालीन गरी दुई वटा उपाय अवलम्बन गरिने बताएका छन् ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिक-६ मा प्रसूति गृहको उद्घाटनपश्चात् आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएकाच हुन् ।

उनले यस क्षेत्रमा खानेपानी, सिँचाइको अभाव रहेको हामीले प्रत्यक्ष रुपमा महसुस गर्न पाएको उल्लेख गर्दै अहिले मधेश प्रदेशमा दुःखको समय रहेको बताए ।

सर्लाहीबाट नै जमिनको नजिकैबाट हेलिकप्टर उडाएर प्रत्यक्ष रुपमा सुख्खाको अवस्था अवलोकन गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “हेर्दाहेर्दे आयौँ, खासमा जमिनमा रोपाइँ भएकै छैन, पोखरीको पानी घटेको छ ।” खानेपानी, सिँचाइको समस्या, अनावृष्टिको कारणले समस्याले प्रत्यक्ष देखेको प्रधानमन्त्री ओलीले भने ।

खानेपानी अभाव, सिँचाइ अभाव तथा सुख्खाग्रस्त भएको कारणले नै मधेशलाई मन्त्रिपरिषदको बैठकबाट सङ्कटग्रस्त घोषणा गरिएको बताउँदै उनले सङ्कटग्रस्त घोषणाले मात्रै केही नहुने भएकोले हामीले तत्कालका लागि केही उपाय अवलम्बन गर्ने जानकारी दिए ।

अहिले तत्कालका लागि अरु विभिन्न कामहरुमध्ये पाँच सय डिप बोरिङ जडान गरिने बताउनुहुँदै एउटाबाट ६० बिघा जमिन सिँचाइ गर्न सकिने बताए ।

यसबाट तत्कालको लागि केहीहदसम्म सिँचाइको समस्या कम हुने ठम्याइ प्रधानमन्त्री ओलीको थियो ।

प्रधानमन्त्री ओलीले मधेशको पूर्वको सप्तरीमा कोशी नदीको कारणले सुख्खाको केही कम समस्या देखिए पनि बाँकी सात जिल्लाको अवस्था बढी समस्याग्रस्त रहेको बताए ।

दीर्घकालीन रुपमा सुख्खाग्रस्तबाट मधेशलाई बचाउन चुरेदेखि लिएर चुरेमा पानीको रिजर्वहरु बनाउने, तालतलैया बनाउने, पोखरी बनाउने जसबाट रिचार्ज सिस्टममा जमिनको सतहबाट पानी तल नजाने कुराका लागि अनुकूल वातावरणतर्फ फर्काउने काम हामीले गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले मधेशलाई सुख्खाग्रस्तबाट बचाउन सरकारका सबै अंग र निकायका साथसाथै गैरसरकारी सङ्घसस्थालाई समेत साथ र सहयोगको लागि आग्रह गरे ।

कार्यक्रममा लोसपा नेपालका अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले संविधान संशोधन गर्न तथा मधेश र थरुहट क्षेत्रका नेतामाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन आग्रह गरे ।

कार्यक्रममा सङ्घीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतकाले मन्तव्य राखेका थिए ।

प्रसूतिगृहको उद्घाटनपश्चात् प्रधानमन्त्री ओलीले मटिहानीस्थित देशकै पहिलो विद्यालयको रुपमा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालयको निरीक्षणसमेत गरेका थिए ।

Page Views: 69
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama