Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सप्तरीदेखि पर्सासम्मका डा. कोइराला निकट समूहको भेला सम्पन्न

- shuvadmin / आइतबार, साउन १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, मधेश प्रदेशमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक सम्पन्न भएको छ ।

शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न भेलामा समूहका नेताहरूले पार्टीको आगामी रणनीतिबारे छलफल गरेका छन् ।

भेलामा सप्तरीदेखि पर्सासम्मका डा. कोइराला निकट नेताहरू सहभागी थिए । भेलामा पार्टीभित्र देखा परेका बेथिति अन्त्य गर्ने विषयमा छलफल केन्द्रित भएको सहभागी नेताहरूले दाबी गरेका छन् ।

धनुषाका युवा नेता सुरेश कोइरालाका अनुसार कोइराला समूह आसन्न महाधिवेशनलाई मुख्य एजेन्डा बनाएर संगठित रूपमा अघि बढ्ने तयारीमा छ ।

भेलामा कांग्रेस महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन दबाब सिर्जना गर्नुका साथै त्यसका लागि आवश्यक रणनीति निर्माण गर्ने विषयमा छलफल भएको कोइरालाले जानकारी दिए ।

हालै देउवा समूह परित्याग गरेर कोइराला समूहमा लागेका कांग्रेसका प्रभावशाली नेता तथा प्रदेश सांसद रामसरोज यादवको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, मधेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, बजरंग नेपाली, अजय द्विवेदी, राजेन्द्र अमात्य, श्याम पटेललगायत नेताहरू सहभागी थिए ।

Page Views: 80
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama