Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अफगानिस्तानविरुद्ध भारतको सहज जीत, एक खेल अगावै सिरिजमाथि कब्जा

- shuvadmin / सोमबार, माघ ०१, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अफगानिस्तानविरुद्धको टी–२० सिरिज एक खेल अगावै भारतले जितेको छ ।

गएराति भएको खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै भारतले तीन खेलको सिरिज एक खेल अगावै २–० ले जितेको हो ।

पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले नै हराएको थियो ।  

दोस्रो खेलमा अफगानिस्तानले दिएको १ सय ७३ रनको लक्ष्य भारतले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि यशस्वी जैसवालले ३४ बलमा ६ छक्का र ५ चौकासहित सर्वाधिक ६८ रन बनाए ।

यस्तै, शिवम दुबेले ३२ बलमा ५ चौका र ४ छक्कासहित अविजित ६३ रनको इनिङ खेले ।

 विराट कोहलीले २९ रन जोड्दा रिंकु सिंह ९ रनमा अविजित रहे । कप्तान रोहित शर्मा र विकेटकिपर जितेश शर्मा भने शून्यमै आउट भए ।

अफगानिस्तानका लागि करिम जनतले दुई र नवीन उल हक तथा फजलहक फारुकीले एक/एक विकेट लिए ।

त्यसअघि इन्दौरस्थित होल्कर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २ सय ७२ रन बनायो । 

उसका लागि गुलबदिन नाइबले ५७, नजिबुल्लाह जाद्रानले २३, मुजीबउर रहमानले २१ र करिम जनतले २० रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले तीन, रवि विश्नोई र अक्षर पटेलले दुई/दुई तथा शिवम दुबेले एक विकेट लिए ।

भारत र अफगानिस्तानबीचको अन्तिम खेल बुधबार बैंगलोरमा हुनेछ ।

Page Views: 75
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama