Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना सम्पर्कविहीन

- shuvadmin / सोमबार, साउन १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिन्धुली, सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन्।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले पनि हायु परिवारका १६ जना हराएको पुष्टि गरे।

‘गाउँपालिका भित्र एकै परिवारका १६ जना हराएको खबर पाएको छु।

उनीहरू हायु परिवारका सदस्य हुन्, एकान्त स्थानमा घर भएकाले पनि सबै कुरा जानकारी छैन, अहिले प्रहरी पुगेर खोजतलास गरिरहेको छ,’ अध्यक्ष बरालले भने।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवारका १६ जना सदस्य सोमबार बिहान सम्पर्कविहीन भएका हुन्।

स्थानीयले यो सूचना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दिएका छन्।

गाउँबाटै एकै परिवारका १६ जना सदस्य हराएको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेको जानकारी दिएको छ।

प्रहरी टोली खोजीका लागि हायुको घर पुगेको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ। हायुको घरमा सामान्य क्षति देखिएको छ।

हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र छ। तर, हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन्,’ उनले भने।

Page Views: 79
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama