Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस बागमती संसदीय दलको नेता छिनोफानो मतदानबाटै हुने, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद फर्किए मुख्यमन्त्री लामाकै पक्षमा

- shuvadmin / मङ्गलबार, साउन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौंडा, सोमवार छलफलबाट निकास नआएपछि नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक आज १० बजे बस्दै छ ।

सोमवार बेलुका अबेरसम्म अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन नसकेपछि आज १० बजे बैठक बस्ने निर्णय भएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्ण तामाङका अनुसार अहिलेसम्म सहमति नभएपछि आज १० बजे बैठक बस्ने निर्णय भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसदहरूले आफ्नै मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्तावपछि संसदीय दलको नेता टुङ्गो लगाउन आज दिनभर अनौपचारिक छलफल भएको थियो ।

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्ध २१ जना कांग्रेस सांसदले शुक्रवार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

त्यसपछि अन्योल परिस्थितिमा आइतबारदेखि नै छलफल गरेर मिलाउन भनेर केन्द्रीय समितिबाट राजन केसीलाई केन्द्रीय प्रतिनिधि पठाइएको छ ।

उनको भूमिकामाथि इन्द्र बानियाँ नेतृत्वको सांसदको समूहले आपत्ति जनाएका थिए ।

मुख्य मन्त्री लामाले हस्ताक्षर गरेका सांसदसहित केही पूर्वमन्त्रीलाई नै पुनः मन्त्री बनाउने आश्वासन दिएर आफ्नो पक्षमा पार्ने कसरत गरेपनि सफल हुन नसकेको कांग्रेस स्रोतले नै बताएको छ ।

सांसदहरुबीच अनौपचारिक छलफल भने भइरहने र सकेसम्म अझै सहमतिको प्रयास गरिने पनि तामाङले जानकारी दिए ।

उता मुख्यमन्त्री लामाविरुद्ध प्रदेशसभामा दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले यसमा आफूहरूको सहमति नरहेको भन्दै नाम फिर्ता लिएका छन्।

आफ्नै दल नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार संसद्‌मा पेस अविश्वास प्रस्तावबारे आफूहरूलाई थाहै नदिई हस्ताक्षर गराइएको दाबी गर्दै सांसदद्वय माया श्रेष्ठ र मीना पराजुलीले त्यसबाट आफूहरू नाम फिर्ता लिइएको घोषणा गरेका हुन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी आफूहरू मुख्यमन्त्री लामाकै समर्थनमा रहेको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा चाहिँ जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) लाई समर्थन रहेको बेहोरा अवगत गराउँद छौँ।’

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएको पाइएकोमा सो विषयमा असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामलाई समर्थन रहेको जानकारी गराउँदछु।

सांसद श्रेष्ठ चितवनबाट तथा पराजुली काठमाडौँबाट निर्वाचित समानुपातिक सांसद हुन्। बागमती प्रदेश सभामा कुल ३७ सदस्य छन्।

तीमध्ये मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।

तीमध्ये सांसदद्वय श्रेष्ठ र पराजुलीले अविश्वास फिर्ता लिएपछि मुख्यमन्त्री लामाको समूहमा १८ सांसद भएका छन् भन् बानियाँका पक्षमा १९ जना छन्।

तर, अझै बानियाँकै पक्षमा बहुमत देखिएको छ।

Page Views: 118
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama