Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस वाग्मती प्रदेश संसदीय दलको बैठक शुरु, अविश्वास प्रस्तावमा छलफल हुँदै

- shuvadmin / मङ्गलबार, साउन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौंडा, नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको बैठक शुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको विषयमा छलफल गर्न बैठक बसेको हो ।

यसअघि, सोमबार साँझ अविश्वास प्रस्तावमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन बनेको थियो । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै डेढ घण्टा ढिलो गरी शुरु भएको हो ।

गत शुक्रबार (साउन ९ गते) कांग्रेसका चार मन्त्रीले राजीनामा दिएर इन्द्र बानियाँको पक्षमा खुलेका थिए ।

०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा बानियाँ लामासँग पराजित भएका थिए । अहिले उनी बहुमत सांसदलाई साथमा लिएर संसदीय दलको नेता बन्ने कसरतमा छन् ।

यसबीच सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास चलेको थियो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरू मीना पराजुली र माया श्रेष्ठले विज्ञप्ति जारी गरेरै प्रस्ताव फिर्ता लिएको र लामाकै पक्षमा रहेको बताएका थिए ।

तर, पराजुली फेरि बानियाँकै पक्षमा फर्किएकी छन् । आजै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएर बानियाँको पक्ष लिएका छन् ।

Page Views: 71
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama