Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपालक्षित प्रधानमन्त्री ओलीको कटाक्षः तीन करोडभन्दा बढी हस्ताक्षर कटाउलान भन्ने डर छ

- shuvadmin / मङ्गलबार, साउन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कैलाली, प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दालाई लिएर भइरहेको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् ।

मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाको अभियानप्रति व्यंग्य गर्दै भने, ‘म त डराइराखेको छु, हस्ताक्षर तीन करोडभन्दा माथि नजाओस् भनेर ।

दुई–चार जनाले सही गरे, घर–घर गएर दनादन हस्ताक्षर गराउँदै हिँड्ने ।’

अदालतको आदेशअनुसार लामिछानेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले सरकारको संलग्नता अस्वीकार गरे । ‘

विभिन्न अपराध गर्‍यो, अनि सरकारलाई गाली गर्‍यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार अदालत होइन ।

अदालतले थुन्छ कि छोड्छ, त्यो सरकारको हातमा हुँदैन ।’

लामिछानेको नाम नलिइकनै ओलीले उनीसँग आफ्नो राजनीतिक सम्बन्धको प्रसंग पनि जोडेर भने, ‘उपप्रधानमन्त्री, गृहमन्त्री मैले नै बनाएको हो ।

राजनीतिमा ल्याउने काम पनि मैले नै गरेको हो । अब केको प्रतिशोध ? किन साँध्नु पर्‍यो ? ’

नयाँ राजनीतिक दलहरू लोकतन्त्रको मूल्य र मर्म नबुझी सामाजिक सञ्जालमा आक्रोश पोख्ने प्रवृत्तिप्रति पनि उनले आलोचना गरे । ‘

अरूले लडेर ल्याएको, निर्वासन बसेर, जेल नेल भोगेर ल्याएको लोकतन्त्रमा आज कतिपय ‘​तरमाराहरू’ हाबी छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘स्ट्याटस लेख्न पाए पुग्ने, गाली गर्न पाए पुग्ने संस्कृति फैलिएको छ ।

सामाजिक सभ्यता, मर्यादा, संस्कृतिमाथि हमला भइरहेको छ । भ्रम र झूट फिँजाएर राजनीति गर्न पाइन्छ भन्ने सोच गलत हो ।’

प्रधानमन्त्री ओलीको टिप्पणी रवि लामिछानेविरुद्ध अदालतमा विचाराधीन ठगी मुद्दा र त्यसपछिको रास्वपाको प्रतिवादस्वरूप चलिरहेको हस्ताक्षर संकलन अभियानसँग प्रत्यक्ष जोडिएको देखिन्छ ।

सरकार र अदालतको छुट्टै भूमिका रहे पनि रास्वपा नेताहरूले यस मुद्दालाई ‘राजनीतिक प्रतिशोध’को रूपमा व्याख्या गरिरहेका छन् ।

Page Views: 59
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama