Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झापा इनर्जीको आईपीओ बिक्री खुला

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, झापा इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ लाख ३७ हजार २१९ कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले गत असार ३१ गते प्रति सेयर रू। १०० अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र संचालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्र बाहेकको बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ५७ हजार २९ कित्ता आईपीओ जारी गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते हनेछ ।

वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते हुनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले हिमालयन बैंकको देधे शाखा, दमक शाखा १ र २, सुरुङगा शाखा, माछापुच्छ्रे बैंकको सुरुङ्गा र दमक शाखा र झापा इनर्जीको आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ ।

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Page Views: 80
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बढ्याे
आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
५० रुपैयाँको नयाँ नोट बजारमा
ताजा अपडेट
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama