Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारले जनताका अपेक्षाअनुसार काम गर्न सकेन : डा. कोइराला

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

उनले भने ‘हामीसँग भएका सात बुँदा मध्ये एउटा पनि बुँदा कार्यान्वयनमा जान सकेन ।’ उनले सरकारले आफ्नो काम जनतालाई पुष्टि गर्न सक्नुपर्ने बताए । उनले कामको पुष्टि गर्न सके मात्रै सरकार सफल मानिने बताए ।

उनले संवैधानिक परिषद्मा दुई वा तीन जनाले मात्रै निर्णय गर्नसक्ने गरी पारित भएको विधेयक ‘खतरनाक’ भएको बताए ।

उनले शक्ति पृथकीकरणको आधारमा संविधान बनाएको तर राष्ट्रियसभाले शक्ति पृथकीकरणको सिद्धान्तलाई नजर अन्दाज गरेको बताए ।

उनले भने ‘संविधानको स्प्रिटलाई नै समाप्त पारिएको छ । यो प्रजातन्त्रका लागि अत्यन्तै खतरनाक छ ।’

विराटनगरमा कुरा गर्दै उनले सरकार सफल असफल भएको विषयमा टिप्पणी गर्ने बेला नभएको भन्दै प्रधानमन्त्रीले ७ बुँदे सहमति अनुसार सरकार सञ्चालन नगरेको बताए ।

डा। कोइरालाले संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको भन्दै त्यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत अझै गठन हुन नसकेको बताए ।

डा.कोइरालाले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुगेको भन्दै अहिले यस विषयमा हतार गर्न नहुने बताएका छन् ।

संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्‍याउनुपर्ने कुरामा उनले जोड दिए ।

डा. कोइरालाले पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई संविधानले राजनीतिमा फर्कन कुनै बाधा नगरेको बताएका छन् ।

उनले संविधानले पूर्वराष्ट्रपतिलाई राजनीति गर्ने अधिकार दिएको बताए । उनले भने, ‘तर मलाई सोध्नु हुन्छ भने राजनीतिमा नफर्किएको राम्रो तर कसले रोक्छ ।’

Page Views: 84
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama