भैरहवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ।
भैरहवास्थित होटल रमादामा बैठक चलेको रास्वपाले जनाएको छ।
रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा हाल भैरहवा कारागारमै छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै रास्वपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेको छ।

बैठक अघि कार्यवाहकसभापति डिपी अर्यालसहित असिम साह, डा. चन्दा र शोविता गौतमले सांसदले कारागार पुगेर सभापति रवि लामिछानेसँग भेट गरेका थिए ।
भेटघाटका क्रममा लामिछानेले पार्टीले चलाएको हस्ताक्षर अभियानमा उत्साहजनक बनेको भन्दै खुसी व्यक्त गरेको भेटमा सहभागी एक सांसदले बताए ।
यसलाई थप जनमानसमा पुर्याउन र आफूमाथि भएको राजनीतिक प्रतिशोधबारे जनतालाई घरघरमा गएर बुझाउन नेताहरूलाई आग्रह गरेको पनि ती सांसदले बताएका छन् ।