Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आमरण अनशनमा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराई अस्पताल भर्ना

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

खोटाङ, आमरण अनशनमा बस्नुभएका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् ।

चिकित्सकको सल्लाह अनुसार वीर अस्पताल भर्ना भएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ ।

तीन दिनसम्म भोकहड्तालमा बसेका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बसेका हुन् ।

साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन शुरु गरेका थिए ।

हालसम्म प्रमुख भट्टराईको माग सम्बोधन नभएकाले उनले अनशनलाई निरन्तता दिएका हुन् ।

स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार प्रमुख भट्टराई अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

उनले अस्पतालमै अनशनलाई निरन्तरता दिएका छन् ।

माइतीघर मण्डलामा आमरण अनशनमा रहेका प्रमुख भट्टराईलाई बुधबार साँझ नेपाल प्रहरीले त्यहाँबाट उठाउन खोजेको थियोे ।

प्रहरी र प्रमुख भट्टराईको समर्थकहरुबीच भनाभनसमेत भएको थियो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईले बाँदर लगायत जङ्गली जनावारको नीतिगत व्यवस्थापन गर्नु पर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोर्ड र नम्स तयार गरी कानून निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कानून बनाइ कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरित्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनु पर्ने, काठमाडौँबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनु पर्ने लगायतका माग प्रमुख भट्टराईले राखेका छन् ।

Page Views: 80
संबन्धित शिर्षकहरु
पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
ताजा अपडेट
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama