Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साउन १५ को अवसर पारेर सेफ्स एसोसिएसन अफ नेपालको आयोजनामा खीर खाने कार्यक्रम

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सेफ्स एसोसिएसन अफ नेपालले खीर प्रबर्द्धन गर्न खीर खाने कार्यक्रमको आयोजना गरेको छ ।

बिहीबार साउन १५ अर्थात खीर खाने पर्वको पावन अवसरमा रानीबारी–३ स्थित संस्थाको केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो।

खीर खाने कार्यक्रममा एसोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले नेपालमा मनाइने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए ।

खीर खाने मौलिक चाडपर्व मनाउन पर्नेमा जोड दिदैं अध्यक्ष लामाले यस्ता कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाउने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा पूर्वअध्यक्ष गोविन्द नरसिंह केसी, सूर्यकिरण श्रेष्ठ लगायतले हाम्रा चाडपर्वहरू सांस्कृतिका खानी भएकाले त्यस्ता पर्वमा हुने गरेका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिएका थिए ।

एसोसिएसनका महासचिव पदमबहादुर आले मगरले साउन १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने खीर खाने पर्वले पवित्र र उत्सवले उत्साहित बनाउने भएकोले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा उपस्थितहरूले सामुहिक खीर, सेलरोटी लगायतका परिकारहरू खाएर कार्यक्रमको समापन गरिएको थियो।

Page Views: 93
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama