Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हवाई उड्ययन क्षेत्रमा जलवायुको असर देखिन थालेकोमा नेपालको चिन्ता

- shuvadmin / शुक्रबार, साउन १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जलवायु परिवर्तन र उड्डयनका विषयमा क्षेत्रीय सहयोगका लागि तत्काल पहल गर्न आवश्यक भैसकेकोमा जोड दिएका छन् ।

जापानमा आयोजित अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको एसिया प्यासिफिक क्षेत्रको ६० औं महानिर्देशकस्तरीय सम्मेलनमा उड्ययन र वातावरण शीर्षकको सत्र सञ्चालन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

हिमाल पग्लनु देखि उड्डयन क्षेत्रमा उत्पन्न अवरोधसम्मका असरहरू नेपालमा स्पष्ट देखिन थालिसकेको उल्लेख गर्दै अधिकारीले एसिया–प्रशान्त क्षेत्रका देशहरूलाई संयुक्त रूपमा पहल थाल्न आग्रह गरे ।

नेपालजस्ता देशहरू जसको विश्वव्यापी कार्बन उत्सर्जनमा “लगभग शून्य“ योगदान छ, उनीहरुले समेत अहिले नै जलवायु संकटको मूल्य चुकाउन शुरु गरिसकेको उनको भनाइ थियो ।

उड्डयन र वातावरण अन्तरसम्वन्धित रहेको जनाउँदै अधिकारीले जलवायु परिवर्तन अहिलेको जल्दोवल्दो विषयवस्तु भएको र उड्डयन क्षेत्रमा पनि यसको प्रभाव रहेको हुँदा तत्काल वस्तुपरक, समन्यायिक र समावेसी समाधान खोज्नुपर्नेमा जोड दिए ।

सत्रको उद्घाटन मन्तव्यमा उनले भने, “उड्डयन आर्थिक इञ्जिन त हो, तर यसले जलवायु परिवर्तनमा योगदान पनि दिन्छ ।

नेपालको कार्बन उत्सर्जन, उड्डयनसहित, नगण्य छ । तर, हामी तीमध्ये एक सर्वाधिक प्रभावित देश हौं — जहाँ हिमाल पग्लिरहेका छन्, हिमताल विस्फोट भइरहेका छन्, बाढी आउँछन्, र मौसम झनझन अनिश्चित बन्दै गइरहेको छ, जसले हाम्रो उड्डयनमा ठूला चुनौतीहरू ल्याइरहेको छ।”

संसारका दशमध्ये आठ अग्ला हिमालहरू, सगरमाथासहित, नेपालमै छन् । अहिले यी हिमालहरूमा हिउँको ठाउँमा धमाधम खुला चट्टान देखिन थालेको छ ।
“जलवायु संकटले सीमा चिन्दैन, न त यो जिम्मेवारीलाई केवल उत्सर्जनका आधारमा मात्र मापन गर्छ,“ उनले थपे ।

सो सत्रका वक्ताहरुले पनि अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको पाँच वर्षे रणनीतिक योजना, शुन्य कार्वन उत्सर्जन, दिगो हवाई इन्धन, न्यून कार्वनयुक्त हवाइ इन्धन तथा अन्य वैकल्पिक सफा उर्जाका स्रोतका विषयहरुमा आप्mनो धारणा राखेका थिए ।

भारत, इन्डोनेसिया लगायतका सहभागिहरूले क्षेत्रीय क्षमतावृद्धिमा जोड दिएका थिए ।

Page Views: 29
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama