Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, चैत ३०, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्वकप वार्मअप खेलमा वेस्ट इण्डिजसँग भिड्दै नेपाल, १६ वर्षअघिको हारको बदला लिने मौका

- shuvadmin / मङ्गलबार, माघ ०२, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौ, आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली युवा टिमले दोस्रो औपचारिक वार्मअप म्याच आज टेस्ट टिम वेस्ट इण्डिजविरुद्ध खेल्दैछ ।

नेपाल र वेस्ट इण्डिजबीचको खेल नेपाली समयअनुसार मंगलबार दिउँसो १ः४५ देखि जोहान्सवर्गमा सुरु हुनेछ ।   

दुवै टिम वार्मअप खेलमा लगातार दोस्रो जीत निकाल्न चाहन्छन् । नेपालले पहिलो वार्मअप खेलमा स्कटल्याण्डलाई डकवर्थ लुईस पद्धतिअनुसार ७ विकेटले हराएको थियो ।

त्यसअघि नेपालले अनौपचारिक अभ्यास खेलमा स्कटल्याण्डलाई १३५ तथा नामिबियालाई ६ रनले हरायो । 

यता वेस्ट इण्डिजले आइतबार भएको पहिलो वार्मअप खेलमा न्यूजील्याण्डलाई ६ विकेटले हराएको थियो ।

सो खेलमा न्यूजील्याण्डले दिएको १३२ रनको लक्ष्य वेस्ट इण्डिजले २४.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । ऊ नेपालविरुद्ध पनि सहज जित निकाल्न चाहन्छ । 

विगतमा पनि वेस्ट इण्डिजले नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको रेकर्ड छ । नेपाल र वेस्ट इण्डिजले उमेर समूहको क्रिकेटमा हालसम्म एक खेलमा मात्र प्रतिस्पर्धा गरेका छन् ।

यी दुई टिमले पहिलोपटक १ मार्च सन् २००८ को यू–१९ विश्वकपको प्लेट फाइनलमा एकअर्काको सामना गरेका थिए । सो खेलमा वेस्ट इण्डिजसँग नेपाल ७ विकेटले पराजित भयो ।

मलेसियाको कुवलालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल २५.३ ओभरमा ७४ रनमै अलआउट भयो ।

सो खेलमा नेपालको कप्तानी पारस खड्काले सम्हालेका थिए । ७५ रनको सामान्य लक्ष्य वेस्ट इण्डिजले १४.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

नेपाल वेस्टइण्डिजसँगको १६ वर्षअघिको हारको बदला मंगलबार लिन चाहन्छ । 

आउँदो शुक्रबारदेखि सुरु हुन लागेको विश्वकपमा वेस्ट इण्डिज समूह ‘बी’ मा छ । उसले ग्रुप स्टेजमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका र स्कटल्याण्डसँग खेल्नेछ ।

समूह ‘डी’ मा रहेको नेपालले भने ग्रुप स्टेजमा तीन टेस्ट टिमलाई प्रतिद्वन्द्वी पाएको छ । नेपालले पहिलो खेलमा आइतबार न्यूजील्याण्डसँग खेल्ने तालिका छ । 

त्यसपछि नेपालले बुधबार पाकिस्तान तथा शुक्रबार अफगानिस्तानको सामना गर्नेछ । यू–१९ क्रिकेटमा नेपालले यी तीनै टिमलाई हराइसकेको इतिहास छ ।    

Page Views: 27
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama