Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वर्षा भएसँगै धान रोपाइँमा जुटे मधेशका किसान

- shuvadmin / आइतबार, साउन १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ढल्केबर, धेरै दिनको प्रतिक्षापछि शुरु भएको वर्षासँगै मधेश प्रदेशका किसान धान रोपाइँमा जुटेका छन्।

लामो समयको खडेरीले सुक्खा भएको खेतमा हिल्याउन पुग्ने वर्षा भएपछि किसान धान रोपाइँमा जुटेका हुन्।

पछिल्लो शुक्रबारदेखि दिनहुँ प्रदेशका सबैजसो स्थानमा वर्षा भइरहेको छ।

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले लामो खडेरीपछि आएको वर्षाले खेतीमा ज्यान फर्काएको बताए ।

उनका अनुसार जेठ र असार महिनामा पर्याप्त वर्षा नभएकाले धान रोपाइँमा गम्भीर असर परेको थियो।

उनले भने, ‘कसैले डिप बोरिङको सहायताले रोपाइँ गरेको भएपनि चर्को घामका कारण बिरुवा सुक्न थालेका थिए।

तर, हालको वर्षाले बालीलाई नयाँ जीवन दिएको छ।’ महतोका अनुसार पछिल्लो वर्षा किसान र धानबालीका लागि अमृत समान बनेको छ।

सिँचाइ अभावमा रोपिएको बाली सुक्ने अवस्था पुगेको थियो भने त्यससँगै किसानको मिहिनेत खेर जाने अवस्था आइपुगेको थियो।

अहिलेको वर्षाले सबथोक बचाएको किसान महतोको भनाइ छ। ढल्केबरका अर्का कृषक रामएकवाल यादवले वर्षाले किसान उत्साहित देखिएको बताए ।

उनले भने , ‘जेठको पहिलो सातापछि वर्षा नहुँदा रोपाइँ रोकिएको मात्र होइन रोपिएको धान पनि सुक्न थालेको थियो।’ उनका अनुसार वर्षासँगै किसान धान रोपाइँमा व्यस्त भएका छन्।

वर्षा नहुँदा मधेश प्रदेशमा धान रोपाइँ प्रभावित हुने अवस्था देखेपछि प्रदेश सरकारले मधेशलाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने सङ्घीय सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्रको रूपमा सूचीकृत गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालका अनुसार पछिल्ला दिनमा मधेशका सबै जिल्लामा वर्षा भएको छ।

उनले प्रदेशका सबैजसो स्थानमा वर्षा भएकाले रोपाइँको गति बढेको बताए । उनले भने, ‘असारको सुरूवातदेखि पानी नपरेकोले बिरुवा र बेर्ना दुवै सुक्न थालेका थिए। अहिलेको वर्षाले ती सबैलाई बचाउने छ।’

कृषि विकास निर्देशनालयका तथ्याङ्कअनुसार मधेश प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जमिन छ।

साउन १६ गतेसम्म दुई लाख १३ हजार ४३८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। जुन कुल क्षेत्रफलको ५७ प्रतिशत हो।

सचिव दाहालले अब रोपाइँ क्षेत्रमा वृद्धि हुने बताए । उनका अनुसार पानी पर्ने क्रम कायम रहेकाले साउन महिना भित्रै बाँकी खेतमा पनि रोपाइँ सकिने छ।

ढिलो भएपनि योे वर्षाले मधेशका किसान उत्साहित देखिएको उनको भनाइ छ।

Page Views: 22
संबन्धित शिर्षकहरु
हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
गृहमन्त्री गुरुङ चितवन पुगे
विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
ताजा अपडेट
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?
  • नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक
  • फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama