Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्रसर उद्योग र ढुङ्गाखानीको व्यवस्थापन गरेर मात्र वीपी राजमार्ग पुनर्निर्माण गर्न सरोकारवालाको माग

- shuvadmin / सोमबार, साउन २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालथोक, राजधानीलाई बनेपा सिन्धुली हुँदै पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग पुनर्निर्माणको प्रक्रियामा अगाडि बढेको छ ।

जापान सरकारबाट प्राप्त हुने २.६१ अर्ब रुपियाँको अनुदान र नेपाल सरकारको आठ अर्ब रुपियाँको लगानीमा पुनर्निर्माण हुने उक्त सडकको स्थायित्वका बारेमा भने विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

जापान सरकारले बनाइदिएको बीपी राजमार्ग सबैभन्दा दिगो राजमार्गका रूपमा परिचित थियो ।

क्रसर व्यवसायीले रोसीखोला क्षेत्रमा उत्खनन गरेर ढुङ्गाजन्य उद्योग सञ्चालन गरेपछि खोलाको सतह नै माथि उठ्न थाल्यो, जसको परिणाम गत वर्ष असोजमा आएको बाढीले सडक नै कहाँ थियो भनेर थाहै नपाउने गरी बगायो ।

खोलाको सतह माथि उठेकै कारण सानो पानी पर्दा पनि अहिले रोसीखोला राजमार्गको माथि भएर बग्ने अवस्था छ ।

अहिले पनि रोसीखोला क्षेत्रमा ११ वटा ढुङ्गाखानी र ११ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।

क्रसर उद्योग र ढुङ्गाखानीलाई अहिलेकै अवस्थामा सञ्चालन हुन दिने हो भने खोलाको सतह अझ माथि उठ्ने र ठूलो लगानीमा पुनर्निर्माण हुने राजमार्ग पुनः उच्च जोखिममा पर्नुका साथै यसको औचित्य नै नहुने भनेर विज्ञले सचेत गराएका छन् ।

खोलाको सतह बढेकै कारण गत वर्षको भन्दा कम पानी परेको अवस्थामा पनि बीपी राजमार्ग सहजै बग्न सक्ने उनीहरूको दाबी छ । ‘

रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु जाती’ भने झैँ क्रसर उद्योग र ढुङ्गाखानीको व्यवस्थापन गरेर मात्र राजमार्ग पुनर्निर्माण गर्न उहाँहरूको सुझाव छ ।

भूप्रविधिविज्ञ डा. मन्दीप सुवेदी रोसीखोला क्षेत्रमा सञ्चालित ढुङ्गाखानी र क्रसर उद्योगलाई व्यवस्थापन गरेर बिपी राजमार्गको पुनर्निर्माण गर्न सुझाव दिए ।

इन्जिनियरिङ विधि अनुसार व्यवस्थित तरिकाले खानी र क्रसर सञ्चालन गर्नुपर्ने सुझाव दिँदै उनले इन्जिनियरिङ अध्ययन र अनुसन्धान गरेर मात्र खानी खन्न र ढुङ्गा, गिट्टी वा बालुवा निकाल्नुपर्ने बताए ।

खानी खनेर खोलानालाभन्दा कतिको दूरीमा राख्ने, ढुङ्गा बालुवाको गेग्य्रान नबग्ने गरी कसरी बनाउनेलगायतका विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

खानी र क्रसर उद्योग सञ्चालन गरेको ठाउँमा बायो इन्जिनियरिङका आधारमा रुखबिरुवा लगाउनुपर्ने, रिटेनिङ पर्खाल लगाउनुपर्ने भएपनि नेपालका सन्दर्भमा त्यस्तो नगरिएको पाइएको उनको भनाइ छ ।

भूप्रविधिविज्ञ सुवेदीका अनुसार सफा पानीभन्दा ढुङ्गा, बालुवा र माटोलगायतका गेग्य्रानसहित आउने बाढीको भार सामान्य पाँचदेखि १५ गुणासम्म बढी हुन्छ ।

त्यसैले यस प्रकारका बाढीले सडक, पुललगायतका भौतिक संरचनामा ठुलो क्षति पु¥याउने अनुसन्धानले देखाएको छ ।

अबका दिनमा रोसीखोलामा बग्ने पानी र आउने बाढीपहिरोको भार सामान्यभन्दा कैयौँ गुणा बढी हुने भएकाले यसले राजमार्ग वा सो क्षेत्रमा निर्माण हुने भौतिक संरचनामा ठूलो क्षति पु¥याउँछ ।

यस्तो अवस्थामा पानीको मात्रा कम भएपनि त्यसको भार अत्यधिक हुने भएकाले कम पानीले पनि ठुलो क्षति पुग्न सक्छ ।

वरिष्ठ भूगर्भविद् शिवप्रसाद बाँस्कोटाले रोसीखोला क्षेत्रमा खानी र क्रिसर उद्योगबाट निस्कने गेग्य्रानहरूको उचित व्यवस्थापन हुन नसकेको र गेग्य्रान खोलामा जाने भएकाले सो क्षेत्रमा खोलाको सतह बढ्दै गएको बताए ।

ढुङ्गाखानी र क्रसर उद्योगबाट उत्सर्जन हुने गेग्य्रानहरूको विसर्जन रोसीखोलामा नै हुँदै आएकाले खोलाको सतह बढ्दै गएको बताउँदै उनले खानी र क्रसर उद्योगबाट उत्पन्न हुने यस प्रकारका समस्याको उचित व्यवस्थापन गरे मात्र बिपी राजमार्ग पुनर्निर्माणको औचित्य हुन सक्ने स्पष्ट पारे ।

राजमार्ग निर्माणसँगै खानी र क्रसर उद्योग सञ्चालन गर्ने वा नगर्ने विषयमा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उनले यस प्रकारका उद्योग, व्यवसायहरू नियम अनुसार सञ्चालन हुनुपर्ने, उत्सर्जन भएका गेग्य्रानको सुरक्षित विसर्जन गर्नुपर्ने बताए ।

सडक विभागका उपमहानिर्देशक अर्जुन अर्याल गत वर्षको बाढीपहिरोले पु¥याएको क्षतिको अध्ययन गरी सोका आधार डिजाइन गरेर बीपी राजमार्गको पुनर्निर्माण गरिने भएकाले अब निर्माण हुने संरचनामा विगतको जस्तै क्षति पुग्न नसक्ने दाबी गरे ।

गत वर्षको बाढीले राजमार्गको माथिभन्दा पनि भित्तालाई कटान गरेको बताउँदै उनले खोला राजमार्गको माथिबाट बगेको ठाउँमा विशेष उच्च पुल (भायडक प्रविधि) को डिजाइन गरेर राजमार्ग निर्माण गरिने उल्लेख गरे ।

ठेक्का सम्झौता

सडक विभागका अनुसार गतवर्ष बाढीले क्षतिग्रस्त बनाएको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो ।

यसमध्ये २५ किलोमिटरको निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ ।

भकुन्डेबेँसीदेखि चार सयबेँसीसम्मको निर्माणका लागि एक अर्ब १४ करोड रुपियाँको लागतमा ठेक्का लागिसकेको छ । यस खण्डको दूरी ११ किलोमिटर छ ।

त्यसै गरी चार सयबेँसीदेखि डालाबेँसीसम्मको निर्माणका लागि एक अर्ब ४२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको लम्बाइ ८.५ किलोमिटर छ ।

त्यसै गरी सिन्धुलीतर्फको बर्खेखोला–नेपालथोक खण्डको निर्माणका लागि ६१ करोड १४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डको लम्बाइ चार किलोमिटर छ ।

निर्माणका लागि सम्झौता हुन बाँकी रहेकामध्ये पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किलोमिटर राजमार्ग खण्डको निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा हुन लागेको हो ।

यसै खण्डको निर्माणका लागि जापानले अनुदान सहयोग दिएको हो ।

Page Views: 72
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama