Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाढीले सुपर न्यादी जलविद्युतमा करोडौंको क्षति

- shuvadmin / सोमबार, साउन २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

लमजुङ, लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ भएर बग्ने ङादी खोलामा आएको बाढीले निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा करोडौं रुपियाँको क्षति पुगेको छ ।

आइतबार दिनभर आएको भीषण वर्षासँगैको बाढीले आयोजनाका संरचनाहरु भत्काउनुको साथै मेसिनरी औजार र निर्माण सामग्रीहरु बगाएको छ ।

निर्माणको करिब ७७ प्रतिशत काम सम्पन्न भएको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा उत्पादनको समय पछि धकेलिने भएको छ ।

आयोजना प्रबन्धक विमल ढकालका अनुसार बाढीले करिब ८० करोड बराबरको क्षति पुगेको छ ।

बाढीले हेडबक्स, पावरहाउस, पहुँचमार्ग, क्रसर उद्योगलगायतमा क्षति पु¥याएको छ ।

हेडबक्सका चारवटा मिक्चर, तीन वटा एक्साभेटर, तीन हजार पाँचसय बोरा सिमेन्ट, ७० टन डण्डी, डिजल जेनेरेटर, कम्प्रेसर मेसिन र क्रसर उद्योगमा बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

यसैगरी हेडबक्स पुग्ने २० किलोमिटर पहुँच मार्गमा १५ ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ भने पेनस्टक पाइप र भर्टिकल पेनस्टक एरियामा ठूलो पहिरो गएको आयोजना प्रबन्धक ढकालले बताए ।

उहाँका अनुसार बाढीले पावरहाउस क्षेत्रमा स्टोर गरिएको सात हजार बोरा सिमेन्ट र एकसय ५० टन डण्डी बगाएको छ भने पहुँचमार्ग पूर्ण रुपमा क्षति भएको छ ।

पावरहाउस क्षेत्रबाट टेमरक मेसिन, डिजल जेनेरेटर तीनवटा, कम्प्रेसर मेसिन दुइवटा, स्टोर भवन तीनवटा पूर्ण रुपमा क्षति भएको छ ।

बाढीले दुईवटा बलेरो जीप, एउटा एक्साभेटर र एउटा ट्रिपर बगाएको ढकालले बताए ।

बाढीले पैदल हिँड्नका लागि बनाएको पुल र वर्कसपपनि बगाएको छ । “सबै गरेर करिब ८० करोड बराबरको क्षति भएको अनुमान गरेका छौं”, ढकालले भने , “बाढीपहिरोले आयोजनाको निर्माणकार्य ठप्प भएको छ ।”

आयोजना हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालिले संयुक्तरूपमा निर्माण गरिरहेका छन् । आयोजना सम्पन्न गर्न ७ अर्ब रुपियाँ लागत अनुमान गरिएको थियो ।

आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपियाँ ९७५ प्रतिशत० ऋण लगानी र १ अर्ब ७५ करोड रुपियाँ (२५ प्रतिशत) स्वपुँजी लगानी छ ।

आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट घन्टा (२३ करोड ५७ लाख ६० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

उत्पादित विद्युत आयोजनास्थलदेखि ११ किलोमिटर टाढाको १३२ केभी टारीकुना खुदी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको लाइन कम्पनी आफैंले निर्माण गर्ने जनाएको छ ।

Page Views: 139
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama