Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

- shuvadmin / मङ्गलबार, साउन २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

उदयपुर, तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ ।

बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी आसपासका गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका हुन् ।

बेलका–२, ३, ६ ८ र वडा नं ९ सप्तकोशी आसपासका गाउँघर क्षेत्र नदी कटानको जाखिममा पर्न थालेका बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताए ।

नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार बेलकाको सप्तकोशीको कटानयुक्त क्षेत्रको अवलोकन र स्थलगत भ्रमण गरेर जानकारी लिइएको बताए ।

अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरे ।

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहेर बस्न भनिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ ।

जिल्ला प्रशासनले र सुरक्षाकर्मीको टोलीले कुनै विपद्का घटना भएमा उद्धार तथा राहतमा जुट्न पूर्णतयारी शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।

जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिलगायतको टोलीले स्थलगत अवलोकन गरी पूर्वतयारी थालिएको नगरप्रमुख अशोक कार्कीले बताए ।

रासस

Page Views: 84
संबन्धित शिर्षकहरु
आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द
सुनसरी घटनाकाे कारण विराटनगरका अधिकांश शैक्षिक सस्था बन्द
ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
ताजा अपडेट
  • आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द
  • सुनसरी घटनाकाे कारण विराटनगरका अधिकांश शैक्षिक सस्था बन्द
  • ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
  • तीन प्रदेशकाे केही स्थानमा भारी वर्षाको सम्भावना
  • सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना पूरा
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama