Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

- shuvadmin / मङ्गलबार, साउन २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ ।

सोमबार साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिए ।

गत वर्षको नतिजामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

सार्वजनिक नतिजाअनुसार नियमिततर्फ तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा दुई लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।

यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको जानकारी दिँदै अध्यक्ष डा.शर्माले सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या दुई लाख ८४ हजार ३०५ विद्यार्थी रहेको बताए ।

नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजाअनुसार परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५०२ जनाले तीन दशमलव ६१ देखि चार जीपीए, ५५ हजार ८९६ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० जीपीए र ९४ हजार २६८ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० जीपीए प्राप्त गरेको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए ।

यसैगरी ६९ हजार ८१२ विद्यार्थीले दुई दशमलव ४१ देखि दुई दशमलव ८० र आठ हजार ९६४ विद्यार्थीले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए ल्याएका छन् ।

२३ जनाले भने एक दशमलव ६१ देखि दुई जीपीए ल्याएको उनले बताए ।

यसको वर्ष वैशाख ११ गतेदेखि निर्धारण गरिएको परीक्षा नेपाल शिक्षक महासङ्घले गरेको शैक्षिक हडतालका कारण १० दिनपछि २१ गतेदेखि शुरु भएको थियो ।

जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए ।

शिक्षकको २९ दिने सडक आन्दोलनका कारण १० दिन ढिलो गरी परीक्षा भएपनि नतिजा भने पोहोरभन्दा एक दिन मात्रै ढिलो गरी सार्वजनिक गरिएको छ ।

यसैगरी, ‘नन्ग्रेड’ पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

दुई विषयमा ‘नन्ग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको अध्यक्ष डा. शर्माले जानकारी दिए ।

रासस

Page Views: 28
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama