Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेपछि सर्लाही र महोत्तरीका उखु किसान आन्दोलनमा

- shuvadmin / बुधबार, साउन २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सर्लाही, सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेपछि सर्लाही र महोत्तरीका उखु किसान आन्दोलन शुरु गरेका छन्।

विगत एक दशकदेखि सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो।

तर, चालू आर्थिक वर्षदेखि किसानलाई अनुदान नदिने नीति सरकारले लिएपछि उखु किसानले आन्दोलन शुरु गरेका हुन्।

गत सिजनमा क्रसिङ भएको उखुको प्रतिक्न्टिल ३५ रुपैयाँको दरले मात्रै अनुदान दिने निर्णय गएको असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

उखुमा दिँदै आएको अनुदानलाई निरन्तरता नदिए आन्दोनल थप चर्काउँदै लैजाने तयारीमा किसान छन्।

गएको आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले अनुदानलाई निरन्तरता दिनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका थिए।

किसानले मङ्गलबार सर्लाही र महोत्तरीमा प्रदर्शन गरेका छन्।

उनीहरूले सर्लाहीको इन्दू शंकर र महोत्तरीको एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएका छन्।

‘यस वर्षको बजेटमा अनुदानको रकम नसमेटिएको विषयमा हामीले सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ,’ उखु उत्पादक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ‘हाम्रो मागको सुनुवाइ नभए आन्दोनललाई थप सशक्त बनाउने छौँ।’

सरकारले उखुमा दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गतआर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, वर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच त्रिपक्षीय सहमति हुनपर्ने माग पनि किसानको छ।

माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि राजधानीकेन्द्रित आन्दोलन गर्ने चेतावनी उखु किसान सम्बद्ध संघसंस्थाले दिएका छन्।

महोत्तरीका किसानले मात्रै गत आर्थिक वर्ष चिनी उद्योगलाई बुझाएको उखुको २१ करोड ७२ लाख ९१ हजार रकम बाँकी छ।

देशभरका किसानलाई सरकारले अनुदानबापत्त १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

Page Views: 85
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama