Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपल्लो मुस्ताङको कलात्मक गुफाभित्र रहेको लुरी गुम्बा पर्यटकको आर्कषण बन्दै

- shuvadmin / बिहिबार, साउन २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुस्ताङ, उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४, यारामा रहेको कलात्मक गुफाभित्र रहेको लुरी गुम्बाले पर्यटकको ध्यान तान्ने गरेको छ ।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा कलात्मक पहाडमा रहेको गुम्बासम्म सडक सञ्जाल जोडिएपछि पछिल्लो समय मुस्ताङको भ्रमणमा जाने पर्यटकहरू पुग्ने गरेका छन् ।

आठ सय वर्ष पुरानो गुफा र त्यसभित्र रहेको गुम्बासम्म पुग्ने पदमार्ग बनेपछि पर्यटकरू पुग्न थालेको वडा अध्यक्ष झयाङ छेसा गुरूङले बताए ।

वडा अध्यक्ष गुरूङले भने, ‘‘सडकको सुविधाले पर्यटकको सङ्ख्या बढ्न थालेको छ, पहाडमा रहेको कलात्मक गुम्बामा आउने सबै खुसी भएर फर्किनुहुन्छ ।’’

लामा शिक्षाका लागि आउनेहरू बाहेक गुम्बाको अवलोकनका लागि धेरै आउने गरेको अध्यक्ष गुरूङको भनाइ छ ।

धार्मिक, ऐतिहासिक महत्वको बारेमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको अवस्थामा पछिल्लो समय आउने पर्यटकले समेत प्रचारप्रसारमा सघाइरहेका छन् ।

सिजनमा गुम्बामा दैनिक ३० देखि ५० जनासम्म पर्यटक आउने गरेका छन् ।

गोरेटो र सिँढी हुँदै पहाडको बिच भागमा रहेको तीन वटा गुफामा रहेको गुम्बाको आँगनमा पुग्ने काठको भर्‍याङ राखिएको छ ।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले लुरी गुम्बा अनौठो धार्मिक सम्पदा भएकाले गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारलाई समेत बजेट माग गरेको बताए ।

गाउँपालिका अध्यक्ष गुरूङ भन्छन्, ‘‘गुफा भित्रको गुम्बा संरक्षणमा वर्षेनी सहयोग गर्छौं, यो गुम्बा १२ औं शताब्दीमा बनेको हो ।’’ भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएका थिए ।

लुरी गुम्बाले पत्नी खुसी भएपछि राज्यभरि रहेकालाई राजाले सामूहिक भोजनसहित खुसीयाली मनाएको किम्बदन्ती छ ।

यारा गाउँमा जन्मिएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेपछि उड्ने शक्ति आर्जन गरेको मानिएको गुम्बा पारीको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् ।

गुम्बा आसपासका क्षेत्रमा रहेका पहाडहरुलाई सिद्ध प्राप्तिको स्थल मानेर पूजाआजामा सम्झिने गरिन्छ ।

गाउँपालिका, प्रदेश सरकारबाट गुम्बासम्म आवतजावतका लागि सहज हुने गरी पदमार्ग बनाइएको छ ।

गुम्बाभित्र बौद्ध धर्मसँग सम्बन्धित पुस्तक, थाङ्का र पद्मसम्भवको चित्रसहित कलात्मक दृश्यहरु छन् ।

प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्डमा आउने पर्यटकहरुसमेत यस क्षेत्रमा पुगेर फर्किने गरेका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि ध्य खोला, ध्ये, सुर्खाङ, यारबाट लुरी गुम्बा पुगिन्छ ।

Page Views: 49
संबन्धित शिर्षकहरु
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
ताजा अपडेट
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने
  • जंगली भ्याकुर खाँदा एक जनाको ज्यान गयाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama