Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झडपपछि कैलाली कारागार तनावग्रस्त, छानबिन समिति गठन

- shuvadmin / शनिबार, साउन २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कैलाली, कैदीहरूबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरूको नियन्त्रणमा छ ।

शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागार भित्रको घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गरेका कारण कैदीहरूको नियन्त्रणमा गएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरु कारागारको अवस्था बुझ्न गएका थिए ।

तर, कैदीहरुले उनीहरुलाई कारागारभित्र प्रवेशमा अवरोध गरेका थिए । ‘हामीहरु अहिलेसम्म पनि कारागारभीत्र पस्न सकेका छैनौँ ।

उनीहरु आक्रोसित छन । थप घटना नहोस भनेर नै भित्र प्रवेश गर्न खोजेका छैनौँ’ प्रमुख जिल्ला अधिकारी हमालले भने ।

जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन् ।

घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन् । ‘

घटनाबारे बुझिरहेका छौं । कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ । तर, कारागारभित्र भने जान सकिएको छैन’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने ।

कारागारमा शुक्रबार राति सामूहिक झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

यसअघि ४७ जना घाइते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप दुई जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन ।

मृतक चौधरीको शव सेती प्रादेशीक अस्पतालको शव गृहमा राखिएको छ । घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले घाइतेहरु मध्ये अधिकांशका हातखुट्टा भाँचिएका छन् । उनले झडपमा फलामका रडको बढी प्रयोग भएको बताए ।

‘फलामे रडहरुको बढी प्रयोग भएको छ । घाइतेहरुलाई ठूलो चोट लागेपनि उनीहरु खतरामुक्त छन् ।

एकजनाको सल्यक्रिया भएको छ । एकजनालाई आईसीयुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने ।

सेती प्रादेशिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरुलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ ।

घाइतेका आफन्तको गुनासो, ‘अस्पतालमा भेटनै दिइएको छैन’ । धनगढी उपमहानगरपालिका–४ का महेश चौधरी विहानैदेखि तनावमा छन् ।

उनी कतिबेला सेती प्रादेशिक अस्पतालमा पुगिरहेका छन भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका बारेमा केही जानकारी पाइएको छैन ।

‘विहानदेखि भौंतारिरहेको छु, न भेट गर्न दिइएको छ, न कुनै जानकारी नै दिएको छ’ अस्पतालको इमरजेन्सीको बाहिरपट्टी भेटिएका उनले भने । ‘

लामो समयदेखि कारागारमा झडप भइरहेको थियो, प्रशासनले मतलब गरेन । अहिले ठूलो घटना भयो ।’

उनका छोरा शरद चौधरी लागुपदार्थ सम्बन्धि मुद्दामा कैलाली कारागारमा थिए । शरदलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो । उनलाई जेल सजाय भोगेको दुई वर्ष भयो ।

‘छोरा भेटन जाँदा कारागार भित्रको अवस्था नराम्रो छ भन्दैथ्यो, दुई समूहबीच झडप भइरहने र त्यसबाट सबैलाई खतरा रहेको भनियो, कारागार प्रशासनलाई पनि यसबारेमा जानकारी गराइएको थियो ।

तर, लापरवाही भएर यस्तो भयो’, महेश चौधरीले भने ।

उनी मात्रै होइन, सेती प्रादेशिक अस्पताल र कैलाली कारागारमा कैदीबन्दीका आफन्तहरुको भीडभाड लागेको छ ।

धनगढीकै रमेश विनाडीलाई पनि आफ्ना भान्जाका बारेका जानकारी छैन् । लागूपदार्थ सम्बन्धी मुद्दामै कारागारमा रहेका उनका भान्जा पनि घाइते छन् ।

‘भान्जाको अवस्थाका बारेमा प्रशासन र कारागारले केही पनि जानकारी दिएको छैन ।

अस्पतालमा पनि जान दिन्न, कारागारमा पनि जान दिन्न’ बिनाडीले भने । उनले कारागार भित्र लाठी, रड र भाला कताबाट गए भन्ने गम्भीर प्रश्न उब्जिएको बताए ।

‘झडपमा फलामे रड, भालाहरु प्रयोग भएका छन । ती कसरी कारागारभित्र पुगे ? ’ विनाडीले प्रश्न गरे । ‘यसको छानबिन हुनुपर्छ ।’

उनले लामो समयदेखि कारागारमा झडप भइरहे पनि प्रशासनले त्यसलाई सामान्य रुपमा लिएका कारण यस्तो भएको दाबी गरे ।

छानबिन समिति गठन

कारागार घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

शनिबार प्रमुख जिल्ला अधिकारी हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

यसैगरी नेपाल न्यूज बैंकसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर त्यस्तो नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको बताए ।

उनले भने, ‘समाचारमा कारागार घटनास्थल कब्जा लिइयो भनेर आएको कुरामा म जानकार छैन ।

त्यहाँ सुरक्षाकर्मीले गर्ने काम गरिरहनु भएको छ । जहाँ जहाँ हुनुपर्ने हो त्यहाँ नै हुनुहुन्छ । त्यस्तो केही पनि होइन् । अहिले त्यहाँ सामान्य नै छ अवस्था ।’

घाईतेमध्ये जगदीश राना, रबि चौधरी र आयुष भट्टको अवस्था चिन्ताजनक रहेको छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama