Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पोखरा र गौतमबुद्ध विमानस्थललाई खर्च धान्नै मुस्किल, अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न भाडामा छुट

- shuvadmin / आइतबार, साउन २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न हवाई भाडामा लाग्दै आएको विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ साल भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट तथा सहुलियत प्रदान गरिएको जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न ४ शीर्षकमा छुट दिने निर्णय भएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय उडानका हवाई टिकटमा लाग्ने प्रति यात्रु ३,००० रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट हुने भएको छ ।

हवाई टिकटमा लाग्ने प्रति यात्रु १,००० रुपैयाँ बराबरको पर्यटन शुल्क पनि पूर्ण रूपमा छुट हुने भएको छ ।

यी विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि लाग्ने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन (सञ्चार तथा उड्डयन सहायता) शुल्क पनि पूर्ण रूपमा छुट गरिएको छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ सेवाको शुल्कमा ७५ प्रतिशत छुट प्रदान भएको छ ।

मन्त्रालयका सहप्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार सरकारको यो निर्णयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका लागि यी दुई विमानस्थलमा उडान सञ्चालन गर्न लाग्ने खर्च उल्लेख्य रूपमा घट्नेछ ।

Page Views: 87
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama