Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनसरीको भोक्राहमा दुर्घटनामा परी तीन जनाको ज्यान गयो, १६ जना घाइते, घाइते मध्ये तीन जनाको अवस्था गम्भीर

- shuvadmin / सोमबार, साउन २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बिराटनगर, सुनसरीको भोक्राह नरसिंह गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार, गाउँपालिकाको वडा नम्बर ३, फुलचौकीमा यो दुर्घटना भएको हो।

विपरीत दिशाबाट आइरहेको मे १ ख १७९९ नम्बरको ‘मातृभाग्य रेखा’ बसलाई ओभरटेक गर्ने क्रममा प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर भ्यान ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान भने खुल्न सकेको छैन। प्रहरीका अनुसार मृतक र घाइते हुनेमा अधिकांश विङ्गरका यात्रु रहेका छन्।

गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको गाउँपालिकाकै ग्लोबल कार्डियो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Page Views: 65
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama