काठमाण्डू, साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ ।
आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात २.६२ अंकले बढेर २ हजार ७८८.३६ विन्दूमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ प्रतिशतले घटेर ४७८.८२ विन्दूमा सीमित बनेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन भने ६ अर्ब १६ करोड बढीको कारोबार भएको थियो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटा समूहमा भने रातो पोतियो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४७ करोड १७ लाख बढीको सेयर कारोबार भयो ।
एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ४१ करोड ७७ लाख, बलेफि हाईड्रोको ३६ करोड ८४ लाख, हिमालयन रि इन्स्योरेन्सको २२ करोड ६५ लाख र साहस उर्जाको २२ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यो दिन नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो ।
यस्तै पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ५.५६ प्रतिशत,राधी विद्युत कम्पनीको ४.४३ र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ४.२२ प्रतिशतले बढ्यो ।
नेपाल बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.९१ प्रतिशतले घट्यो ।