Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँचथर फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मेची राजमार्गस्थित हेवा खोलाको बेलिब्रिज निर्माण अन्तिम चरणमा

- shuvadmin / शुक्रबार, साउन ३१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फिदिम, पाँचथर फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ ।

सडक विभागका अनुसार अबको ५र६ दिनमा एप्रोच सडक, सडक सुरक्षाका काम सम्पन्न गरी यातायात सञ्चालन गरिने भएको छ ।

२८ साउनका दिन पुलको भारबहन क्षमता परीक्षण गरिएको समेत विभागले जनाएको छ ।

विभागका अनुसार १७ साउनदेखि हेवाखोलामा मोडुलर पुल जडानको काम थालिएको र ११ दिनको अवधिमा काम सम्पन्न गरिएकोसमेत विभागले उल्लेख गरेको छ ।

हेवाखोलामा २ असार २०८० मा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि ५० मिटर लामो बेलिब्रिज बनाइएको थियो । यो पुल पनि १२ असोज २०८१ को बाढीले बगाएको थियो ।

त्यसपछि सडक विभागले हेवा खोलामा ७० मिटर लामो बेलिब्रिज निर्माण थालेको थियो ।

सोहीक्रममा ३१ जेठ २०८१ मा निर्माण क्रममै पुल भाँच्चिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो ।

३ जना गम्भीर घाइते भएका थिए । घटनापछि ह्युम पाइप र पेनस्टक पाइप प्रयोग गरी डाइभर्सन तयारी गरिएको थियो ।

सडक विभागका अनुसार यस स्थानमा मोडुलर पुल जडान गर्न भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत भारत सरकार समक्ष आवश्यक सामान उपलब्ध गराउन पहल गरिएको थियो ।

सोही अनुसार भारत सरकारका तर्फबाट पुलका लागि आवश्यक सामान उपलब्ध भएको समेत विभागको भनाइ छ ।

पुल जडान गर्न भारतले १८ जनाको टोली र लन्चिन सेट पठाएको छ ।

विभागले पुल जडानका बेला ३२ इन्जिनियर, सब–इन्जिनियर, मोकानिक र अपरेटरलाई ‘अन द जब ट्रेनिङ’ समेत दिएको जनाएको छ ।

Page Views: 58
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama