Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तेस्रो पटक थपियो बीपी राजमार्ग रातको समयमा बन्द गर्ने समय

- shuvadmin / शनिबार, साउन ३२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बनेपा, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले रातको समयमा बीपी राजमार्गमा यात्रुवहाक सवारी साधन बन्द गर्ने निर्णयलाई निरन्तरता दिएको छ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातको समयमा बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधन रोक लगाउने निर्णय गरेको हो।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले देशमा अहिले पनि मनसुन सक्रिय अवस्थामा रहेकोले रातको समयमा बीपी राजमार्गमा भदौ १५ गतेसम्म सवारी सञ्चालनमा रोक लगाइएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बीपी राजमार्ग अन्र्तगत काभ्रेभञ्ज्याङबाट साँझ ५ बजेदेखि बिहानको ५ बजेसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको बताए ।

असार ६ गते सिन्धुलीको खुर्कोटमा बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा प्रमुखको बैठकले वर्षायाम शुरु भएकोले वर्षाका कारण आउन सक्ने बाढीपहिरोका कारण बिपी राजमार्ग सञ्चालन हुने सवारीमा क्षति पुग्न सक्ने भन्दै १५ दिनको लागि राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो।

यस्तै असार १८ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले असार २२ गतेबाट लागू हुने गरी साँझ ६स्३० बजेदेखि बिहान ५ बजेसम्मको लागि एक महिनाको लागि बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको थियो।

शुक्रबार बसेको समितिको बैठकले भदौ १५ गतेसम्म रातको समयमा विपी राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाएको हो।

गत असोज महिनामा रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि कटुञ्जेबेशीसम्म सामान्य क्षति पुगेको थियो भने कटुञ्जेदेखि सिन्धुलीको सिमाना बोक्सीकुनासम्मको २९ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको थियो।

रोसी खोला तथा राजमार्गमा पर्ने खहरे खोलामा वर्षासँगै आउने बाढी, लेदो र गेग्रानका कारण राजमार्गको विभिन्न स्थानमा सडक घण्टौँ अवरुद्ध हुँदा यात्रु मर्कामा परेपछि प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो।

Page Views: 65
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama