Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विराटनगरमा रथयात्राको भव्य तयारी, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

- shuvadmin / आइतबार, भदौ ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने रथयात्राको तयारी भव्यताका साथ भइरहेको छ।

विराटनगरमा मनाइने यो रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा लिने गरिन्छ।

यसपटकको रथयात्राका लागि नयाँ र परिष्कृत शैलीको रथ निर्माण गरिएको छ। रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार, नयाँ रथमा विगतको भन्दा फरकपन रहेको छ।

यसको लम्बाई १९ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ। स्वदेशी र विदेशी कालिगडहरूले काठको प्रयोग गरी विभिन्न भगवानका आकृति तथा धार्मिक बुट्टाहरू कुँदेर रथलाई नयाँ स्वरूप दिएका छन्।

आइतबार मन्दिर परिसरबाट निस्किने रथयात्राले विराटनगरको मेनरोड हुँदै दक्षिणमा ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, भट्टीमोड, बरगाछी चोक हुँदै पूर्वको दुर्गा चोकबाट पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ। करिब ९ किलोमिटरको यो रथयात्रालाई ४३ स्थानमा विश्राम दिइने योजना छ।

सन् १९८८ सालदेखि ‘खटयात्रा’ को रूपमा शोभायात्रा सुरू भएको इतिहास भए पनि २०२५ सालदेखि भने खटबाट रथमा राखेर राधाकृष्णको युगल जोडीलाई नगर परिक्रमा गराउन थालिएको हो।

भुपालमानसिंह कार्की र सत्यनारायण धनावतले यसको सुरुवात गरेका थिए।

रथको डोरी तान्न र छुनका लागि विराटनगर, सीमावर्ती भारत र सुनसरीबाट समेत ठूलो संख्यामा भक्तजनहरू आउने विश्वास गरिएको छ।

भीडलाई व्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालय मोरङले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। भीडको सुरक्षाका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने कार्यालयले बताएको छ।

Page Views: 46
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama