Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राउटे बस्ती व्यवस्थित गर्दै कर्णाली सरकार, आवास, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका सेवा प्रदान गर्न ‘राउटे कोरिडोर’ बनाउने

- shuvadmin / सोमबार, भदौ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुर्खेत, कर्णाली प्रदेशका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले ‘राउटे कोरिडोर’ बनाउने तयारी गरेको छ ।

बर्सौंदेखि राउेट बस्दै आएका मुख्य स्थान पहिचान गरेर उनीहरूलाई अस्थायी रूपमै आवास, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको सेवा प्रदान गर्न ‘राउटे कोरिडोर’ बनाउन लागिएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे हिँडडुल गर्ने क्षेत्रलाई राउटे कोरिडोर बनाउने उल्लेख गरेको छ ।

अछामको कालेकाँडा, दैलेख, जाजरकोट, सुर्खेत र सल्यान जिल्लाका नदी तथा खोला किनारमा बढी बस्ने स्थानलाई राउटे कोरिडोर बनाइने छ ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले यी स्थानमा राउटे बढी हिँडडुल गर्ने र बस्ने भएकाले राउटे कोरिडोर बनाउने तयारी प्रदेश सरकारले गरेको बताए ।

यी स्थानमा राउटे पालोपालो अस्थायी रूपमा बस्न आउने भएकाले प्रदेश सरकारले अध्ययन गरेर यस वर्षको बजेट तथा कार्यव्रmममा राउटे कोरिडोर बनाउने तयारी गरेको उनले जनाए ।

उनका अनुसार पछिल्लो १० वर्षमा राउटे समुदाय यी जिल्लामा बढी हिँडडुल र बस्ने गरेका छन् ।

यी स्थानको अध्ययन गरेर उनीहरूको सुरक्षा र जीवनयापनलाई सहज बनाउने उद्देश्यले राउटे कोरिडोर निर्माण गर्न लागिएको उनको भनाइ छ ।

त्यसका लागि प्रदेश सरकारले अहिले राउटे समुदाय बसोबास गरिरहेको स्थानको अध्ययन र राउटे समुदायको प्रोफाइल तयार पारेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा उनीहरूको जीवनयापनमा सहजता आए पनि दुरुपयोग हुन थालेको छ ।

यसलाई मध्यनजर गर्दै घुमिरहने राउटे समुदायलाई कोरिडोर बनाएर उनीहरूले बनाएका काठका सामग्रीको बजारीकरण गर्ने, कोरिडोर क्षेत्रमा रहेका रुख हटिसकेकाले वृक्षरोपण गर्ने, कन्दमूललगायतका परम्परागत खानेकुरालाई प्राथमिकता दिने र सुरक्षा दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेर काम गर्ने मन्त्री भण्डारीले बताए ।

यसका साथै कोरिडोरमा जहाँ जहाँ बस्छन्, उनीहरूलाई सुरक्षाका लागि अस्थायी बसोबासको पनि व्यवस्था मिलाउन सकिने उनको भनाइ छ ।

यस काममा सम्बन्धित जिल्लाका स्थानीय पालिकाले पनि सहजीकरण गर्नुपर्ने छ ।

यसै गरी राउटे बालबालिकालाई पढ्नका लागि नजिक विद्यालय पर्ने गरी, स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्र पनि पायक पर्ने गरी, पम्परागत खेती गर्न सहयोग गर्ने गरी राउटे कोरिडोरलाई सामाजिक विकास मन्त्रालयले अगाडि सारेको छ ।

अहिले पहिलो चरणमा राउटे समुदायका बारेमा भए गरेका लिखित दस्ताबेजको अध्ययन तथा सङ्कलनको काम थालिएको छ ।

यस्तै राउटे समुदायको जनसङ्ख्या १३५ रहेकाले उनीहरूको प्रोफाइल तयार गरिएको छ ।

साथै राउटे समुदायको पक्षमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले दिएको निर्णय तथा निर्देशन कार्यान्वयनलाई अगाडि बढाई राउटे समुदायको मानव अधिकार संरक्षण गर्न सकिने र राउटे समुदायमाथि भएको विकृतिलाई हटाउन राउटे कोरिडोर प्रस्ताव गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

राउटे कोरिडोरले पर्यटनको पनि विकास हुने, अध्ययन अनुसन्धानमा पनि सघाउने हुँदा प्रदेश सरकारले यो अवधारणा ल्याएको हो ।

राउटे कोरिडोर निर्माण भएपछि पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने सरकारको अपेक्षा छ ।

अहिले राउटे समुदाय सुर्खेतको लेकबेँसी नगरपालिका–१० को झुप्राखोलामा बस्दै आएका छन् ।

Page Views: 66
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama