Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सामान्य अंकले बढ्यो नेप्से, कारोबार ६.१७ अर्ब

- shuvadmin / सोमबार, भदौ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१६ अंकले बढेर २ हजार ७७०.३९ विन्दूमा पुगेको छ ।्

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४७५.३३ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक अर्थात १.२९ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.१७ प्रतिशत, विकास बैंक ०.३१, फाइनान्स ०.०९, होटल ०.२४, हाईड्रो ०.९७, लगानी ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.४९, लघुवित्त ०.१० र निर्जीवन बीमा ०.३८ प्रतिशतले बढे ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २१ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।

यसैगरी आज बुटवल पावर कम्पनीको २० करोड ९५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ७५ लाख, कालिका पावर १८ करोड ५ लाख र हिमालयन डिष्टीलरीको १७ करोड ६६ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन ।

युनियन हाईड्रो पावरका लगानीकर्ताले आज सर्वाधिक कमाए । यो कम्पनीका लगानीकर्ताले आज ६।१० प्रतिशत आर्जन गरे ।

यस्तै अपर स्याङ्गे हाईड्रोका लगानीकर्ताले ५.९४ प्रतिशत,अपर लोहर खोला हाईड्रोको ५.४३, दोर्दी खोला जलविद्युतको ४.७८ र लिबर्टी इनर्जीका लगानीकर्ताले ४.५४ प्रतिशतले कमाए ।

सम्पदा लघुवित्तको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ४.८१ प्रतिशतले खस्कियो ।

यस्तै समता घरेलु लघुवित्तको सेयरमूल्य ३.५३ र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ३.३६ प्रतिशतले घट्यो ।

Page Views: 46
संबन्धित शिर्षकहरु
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
ताजा अपडेट
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
  • बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • विद्यालयलाई पानी ट्यांकी र मोटर सहयाेग
  • बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दे
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama