Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बिहेको महिना दिनअघि बक्सिङ खेलाडी मृत भेटिइन्, तनाव दिँदै आएका ‘पूर्वप्रेमी’ पक्राउ

- shuvadmin / बिहिबार, माघ ०४, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, बिहे हुनु ठिक महिना दिन अघि बक्सिङ खेलाडी मृत भेटिएकी छिन् । मंगलबार साँझ ८ बजे भक्तपुरस्थित आफ्नै तीन तले घरको छतमा निता गोसाईं प्राण गइसकेको अवस्थामा भेटिइन् ।

निता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । २७ वर्षीया गोसाईं सशस्त्र प्रहरी बल( एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरू खेल्दै आएकी थिइन् ।

उनी नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् । निताको करियरको सबैभन्दा ठूलो उपलब्धि त्यही नै थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न बाँकी थियो । मृत भेटिँदा उनी जस्ताको डन्डीमा पासो लागेको अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार गोसाईंको आगामी फागुन २ गते विवाह हुँदै थियो । निताको मृत्युपछि भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ ।

पूर्व प्रेमीले दिएको तनावको कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निताको परिवारले ती युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी पनि दिएका छन् ।

ती युवक पक्राउ पनि परेका छन् । कतिपयले ती युवक निताको साथी मात्र भएको बताएका छन्। कतिपयले दुईबीच विगतमा प्रेम सम्बन्ध रहेको बताएका छन् ।

विगतको सम्बन्धका विषयमा युवकले नितालाई यातना दिने गरेको जाहेरीमा दाबी गरिएको छ ।

Page Views: 165
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama