Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान

- शुभ बिहानी / शुक्रबार, साउन २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै सर्वाधिक कमाउने नेपाली फिल्महरूको सूचीमा सातौं स्थान बनाएको छ।

निर्देशक कपिल रिजाल को निर्देशनमा बनेको यस फिल्मले शुक्रबार मध्यान्हसम्म देशभरबाट १६ करोड ७८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

सकारात्मक दर्शक प्रतिक्रिया र मुखैमुख फैलिएको प्रशंसाका कारण फिल्मको व्यापार निरन्तर उकालो लागिरहेको छ।

यही सफलतासँगै ‘गौंथली’ ले ‘छक्कापञ्जा–१’, ‘छक्कापञ्जा–२’, ‘छक्कापञ्जा–५’, ‘कोहिनुर’, ‘महाजात्रा’ र ‘आबाट आमा’ जस्ता चर्चित नेपाली चलचित्रहरूको कमाइलाई पछि पारेको छ।

हाल कमाइका आधारमा ‘गौंथली’ भन्दा अगाडि ‘पूर्णबहादुरको सारंगी’, ‘कबड्डी–४’, ‘१२ गाउँ’, ‘परान’, ‘छक्कापञ्जा–४’ र ‘जारी’ मात्र रहेका छन्।

चलचित्र विश्लेषकहरूका अनुसार हाल प्रतिस्पर्धामा ठूला नेपाली फिल्म नरहेको, साथै दर्शकबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाइरहेकाले ‘गौंथली’ को कमाइ अझै केही सातासम्म मजबुत रहने सम्भावना छ।

यही लय कायम रहे आगामी साताभित्र यसले ‘जारी’ को व्यापारिक रेकर्डसमेत उछिन्ने अनुमान गरिएको छ।

फिल्मका निर्माता सुमन गिरी भान्जा ले ‘गौंथली’ को सफलताले केवल निर्माण टिमलाई मात्र होइन, समग्र नेपाली फिल्म उद्योगलाई नै नयाँ ऊर्जा दिएको बताएका छन्।

उनका अनुसार नेपाली कथावस्तु र गुणस्तरीय प्रस्तुतिलाई दर्शकले खुलेर साथ दिएको यो सफलता नेपाली सिनेमाका लागि सकारात्मक संकेत हो।

Page Views: 81
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
ताजा अपडेट
  • बस्तीमा बाढी पस्दा पर्वतमा २५ घर बगायाे
  • सुन र चाँदीको मूल्य बढ्याे
  • बाढीले पक्की पुल बगायाे
  • पूर्व प्रधानन्यायाधीश राणा पक्राउ
  • सिद्धार्थ राजमार्ग अवरुद्ध
  • आजदेखि सोह्र श्राद्ध सुरु
  • बीपी राजमार्ग अवरुद्ध,सवारीसाधनहरू धुलिखेलमै राेकियाे
  • प्रधानमन्त्री साहद्वारा राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama