काठमाण्डू, साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ ।
आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.७० अंकले घटेर २ हजार ७६७.२० विन्दूमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले घटेर ४७४.९६ विन्दूमा झरेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयर ५ अर्ब २० करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार पछिल्लो साढे दुई महिनापछिकै न्यून हो । गत जेठ २१ मा ५ अर्ब १६ करोड बढीको कारोबार भएको थियो ।
त्यसपश्चात आज ५ अर्ब २० करोडको कारोबार भएको छ । यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो ।
आज होटल समूह र म्युचुअल फण्ड समूह क्रमशः २.३५ र ०.१५ प्रतिशतले बढे । विकास बैंक समूह आज सर्वाधिक घट्यो ।
यो समूह आज ०.६५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि ०.०६ प्रतिशत, फाइनान्स ०.४६, हाईड्रो ०.४२, लगानी ०.३६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.६३,लघुवित्त ०.२४, निर्जीवन बीमा ०.५८, अन्य ०.०२ र व्यापार समूह ०.३९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २५ करोड ९ लाख बढीको कारोबार भयो ।
यस्तै हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७६ लाख, चन्द्रागिरी हिल्सको १९ करोड ४० लाख, युनाइटेड मोदी हाईड्रोको १२ करोड ५५ लाख र राधी विद्युत कम्पनीको १२ करोड २१ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विकाश हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
चन्द्रागिरी हिल्सको मूल्य पनि आज ७.४२ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ३.८४ प्रतिशतले बढ्यो ।
यस्तै आज पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा आज ९.०३ प्रतिशतको गिरावट आयो ।
यो दिन अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ४.६० र अपरहेवा खोला हाईड्रोको सेयरमूल्य ३.४० प्रतिशतले घट्यो ।