Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, कार्तिक ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शिक्षकहरू फेरि सडकमा, महासंघले सार्वजनिक गर्‍यो आन्दोलनको कार्यक्रम

- shuvadmin / शुक्रबार, भदौ ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकले सहमति अनुरूप सम्बोधन हुन नसकेको भन्दै पुनः आन्दोलन गर्ने भएको छ ।

शुक्रबार महासङ्घले पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक सकारात्मक रहेपनि शिक्षक कर्मचारीका सरोकारका र विगतका सहमतिमा रहेका विषयहरू सम्बोधन हुन नसकेको बताए ।

उनले भने, ‘केही अन्य विषयमा विधेयक सकारात्मक रहे पनि शिक्षक कर्मचारीका सरोकारका र विगतका सहमतिमा रहेका विषयहरू सम्बोधन हुन सकेका छैनन् ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको प्रतिशत सहमति (७५ प्रतिशत आन्तरिक) अनुसार नहुनु, गोल्डेन हेन्डसेक अन्तर्गत किटान गरी नतोकिनु, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नहुनुलगायतका विषयहरू सम्बोधन नभएको देखिन्छन् ।’

उनले विद्यालय शिक्षामा वर्षौँदेखि बाँकी रहेका समस्या हल गरी उन्नत र गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध गर्न विद्यालय शिक्षा ऐन चाहिएको भन्दै विगतमा भएका सहमतिमा भएका विषयहरू ऐनमार्फत सम्बोधन हुनुपर्ने बताए ।

पहिलो चरणका आन्दोलनका कार्यक्रमहरू

१. २०८२ भाद्र ६ गते पत्रकार भेटघाट मार्फत आन्दोलनको जानकारी सार्वजनिक गर्ने।


२. भाद्र ९ गते सम्माननीय प्रधानमन्त्री, माननीय शिक्षा, विज्ञान तथा प्रविधि समक्ष तथा राजनीतिक दलका प्रमुख सचेतक ध्यानाकर्षण पत्र पेस गर्ने ।

३. २०८२ भाद्र ११ गतदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालय पत्र बुझाउने र त्यही २ घण्टा प्रतिनिधिमूलक धर्ना गर्ने ।


४. m२०२ भाद्र १३ गते शुक्रवार सबै पालिकामा २ भाद्र १२ गते आइतबार सबै जी समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र ३ घण्टा दिने ।

५. २०८२ भाद्र २१ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने यो चरणमा अवरोध विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याइने ।

Page Views: 124
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama