Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलियो, दुइ दिनका लागि विद्यालय बन्द

- shuvadmin / आइतबार, भदौ ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वीरगञ्ज, वीरगञ्जमा हैंजाको प्रकोप देखिएको छ । वीरगञ्ज महानगरमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको हो । यसैका कारण विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ ।

दुई दिनयता वीरगजको सहरी वडाहरूमा झाडापखालासँगै हैंजाका बिरामीको संख्या निरन्तर बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथाममा जुटेको वीरगञ्ज महानगरपालिकाले भदौ ८ र ९ गते दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको हो ।

हैजाको संक्रमणलाई मध्यनजर गर्दै भदौ ८ र ९ गते दुई दिनका लागि वीरगञ्ज महानगरकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ ।

महानगर क्षेत्रभित्र हालका लागि पानीपुरी, चाट, चटपटे (भाजा) आदिको बिक्री–वितरणमा पनि रोक लगाइएको छ ।

खुला रूपमा बिक्री–वितरण हुँदै आएका यस्ता खाद्यपदार्थमा प्रयोग हुने पानी दूषित भई हैजाका जीवाणु मिसिने सम्भावना भएकाले ती खाद्यपदार्थ बिक्री–वितरणमा रोक लगाइएको हो ।

वीरगञ्ज महानगरपालिकामा शनिवार बिहान मेयर राजेशमान सिंहले वीरगञ्जका अस्पतालहरूका प्रतिनिधिहरूसँग गरेको आकस्मिक बैठकले हैजाको रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा सचेतना फैलाउन र तत्काल रेस्पोन्स गर्नका लागि स्वास्थ्यकर्मीहरूको २५ वटा टोली गठन गरेर परिचालन गर्ने निर्णय पनि गरेको छ । यसका साथै हेल्प डेस्क र सूचना केन्द्र स्थापना गर्ने निर्णय पनि गरिएको जानकारी दिइएको छ ।

बैकठमा मेयर सिंहले झाडापखाला वा हैजाका बिरामीको उपचारमा गम्भीरताका साथ लाग्न अस्पतालहरूलाई निर्देशन दिए ।

अस्पतालका प्रतिनिधिहरूसँगको आकस्मिक बैठकअघि शनिवार बिहान नै मेयर सिंहले महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्यकर्मीहरूसँग पनि छुट्टै बैठक गरेका थिए ।

उक्त बैठकमा मेयर सिंहले झाडापखाला र हैजाको संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा खटिएर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको छ ।

अहिले वीरगञ्ज महानगरको १ देखि १६ नम्बर वडा हैजाको बढी जोखिमयुक्त क्षेत्र मानिएको छ ।

शुक्रवारदेखि शनिवारसम्मको प्राप्त रिपोर्टअनुसार १७ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुमनचन्द्र ठाकुरले बताए ।

तराई हस्पिटलमा ८, नारायणी अस्पतालमा ५, नेसनल मेडिकल कलेजमा ३ र अनि अर्थो सेन्टरमा १ गरी हालसम्म १७ जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको उनको कथन छ ।

हैजा पुष्टि भएका बिरामीहरू वडा नम्बर ११, १२ ,१३ र १४ का रहेको छ । वीरगञ्ज विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैंजाका शंकास्पद बिरामी गरी २ सयभन्दा बढी उपचारत छन् ।

Page Views: 25
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama