Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नोट नभए पनि चल्छ हाट, चाहिँदैन नगद, वस्तु नै साटासाट

- shuvadmin / मङ्गलबार, भदौ १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हिले, सूचना प्रविधिको उच्चतम प्रयोगले विश्व बजार प्रणालीमा नै उथलपुथल ल्याइदिएको छ ।

नेपाल पनि त्यसको अछुतो छैन । नगदमा आधारित बजारलाई अहिले नगदरहित (क्यासलेस) विद्युतीय भुक्तानी प्रणाली वा अनलाइनमार्फत हुने व्यापारले प्रतिस्थापन गर्दै छ ।

तथापि भोजपुरको अरुण गाउँपालिकाकी शान्तिदेवी राईलाई यसले केही छुँदैन ।

उनी अरुण नदी पार गरेर धनकुटाको चानुवाको हाटडाँडामा लाग्ने साप्ताहिक हाटमा आफैँले उत्पादन गरेका सामान किन्न होइन, साट्न पुग्छिन् ।

गत बुधबार मात्र उहाँ बारीमा आफ्नै बारीमा फलेका सरिफा, सुर्ती लिएर आफ्नो गाउँबाट करिब आठ किलोमिटर टाढा धनकुटाको महालक्ष्मी नगरपालिका–४ मा लाग्ने सो हाटमा पुगी तामा, गट्टो, कागती र नास्पातीसँग साटिन ।

भोजपुरबाटै आएकी तिलमाया थापाले पनि आफूले ल्याएको सुर्ती, कागती, नास्पाती र केही तरकारीसँग साटिन ।

हरेक साता बुधबार लाग्ने हाटमा उहाँ यसै गरी घर गाउँमा उत्पादन भएका वस्तु बोकेर पुग्ने गर्छिन आवश्यक परेको तर गाउँघरमा नपाइने वस्तु साटासाट गरेर र्फिकन्छन् ।

महालक्ष्मी–४, नाम्फुगाउँकी बुद्धिमाया तामाङको घरमा कागती थियो । तर, नास्पाती र सुर्ती थिएन । उहाँले पनि आफूले लगेका कागतीसँग नास्पाती र सुर्ती साटेर र्फिकन ।

विश्वव्यापी रूपमा सन् १९९७ र २०१२ को बिचमा जन्मिएको पुस्ता (जेनेरेसन जेड) लाई ‘जेनजी’ भन्ने गरिएको छ ।

यस पुस्तालाई विद्युतीय प्रविधि, सामाजिक सञ्जाल, महामन्दी र महामारी जस्ता विश्वव्यापी घटनाद्वारा परिभाषित गरिएको छ ।

नेपालमा पनि ‘जेनजी’ का नामबाट अहिलेको नवीन पुस्तालाई चिन्ने गरिएको छ ।

त्यही जेनजी पुस्ताका लागि अनौठो लाग्ने यो वस्तु विनिमय परम्परा धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवाको हाटडाँडामा लाग्ने साप्ताहिक बुधबारे हाटमा अहिले पनि प्रचलनमा छ ।

अन्यत्रको हाटभन्दा यहाँको हाट धेरै नै फरक छ । अन्यत्र पैसाले वस्तु तथा सेवाको किनबेच हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ ।

हाट भर्न आउने अधिकांशले पैसा प्रयोग नै नगरी एकअर्काबीच आफूलाई आवश्यक पर्ने साटासाट गरेर लाने गरेका छन् ।

अहिलेको आधुनिकतासँगै यो प्रायः लोप भइसकेको छ । घरबाटै बाहिर ननिस्किई अनलाइनमा समेत वस्तु खरिदबिक्री गर्ने चलन आइसकेको छ ।

सहरी क्षेत्रमा अधिकांश कारोबार नोटबिनै अर्थात् डिजिटल प्रविधिबाट हुन थालेको छ ।

तर, धनकुटाको ग्रामीण क्षेत्रमा लाग्ने हाटले भने अहिले पनि मौलिक परम्परा जोगाइरहेको छ ।

स्थानीय बजार भए पनि बिचमा बग्ने अरुण नदीले कित्ताकाट गरेका भोजपुर र धनकुटा जिल्लाका केही स्थानको यो भरपर्दो बजार हो ।

त्यसैले भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, सरिफा, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेक कटहरेका माथिल्लो भेगका बासिन्दासँग सब्जी साट्छन् ।

तर, यो बजार भोजपुर र धनकुटाका उपभोक्तामा मात्र सीमित छैन । सङ्खुवासभा र तेह्रथुमका स्थानीय हाट भर्न यहाँ आउने गरेका छन् ।

वस्तु विनिमयका कारण औलो (बेँसी) मा फलेको उत्पादन लेखका किसानले र लेखमा फलेको उत्पादन औलोका किसानले सहज रूपमा पाउने स्थानीय जगत पौडेल बताउँछन् ।

पुराना वस्तु विनिमय प्रथा यो हाटले जोगाइराखेको उनको भनाइ छ ।

यसरी हुन्छ कारोबार

वस्तु विनिमय मुद्राको आविष्कार कारोबार हुनुभन्दाअघिको प्रचलन हो । मुद्रा नहुँदा आफूलाई आवश्यक पर्ने सामग्री तथा सेवा आफूसँग भएको वस्तुसँग साट्ने गरिन्थ्यो ।

त्यही अनुसार चानुवाको हटिया भर्न आउने किसानले मूल्याङ्कन वस्तुका आधारमा नै गर्छन् । साटासाट गर्दा वस्तु अनुसार बराबरीमा भाग लगाउँछन् ।

हाट भर्न आएका किसान आफूले ल्याएको तरकारी डुलाउँदै आफूलाई चाहिने खोज्दै साटासाट गर्ने गरेको स्थानीय प्रसाद राई बताउँछन् ।

गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि ढाकरमा कृषिजन्य सामग्री बोकेर ल्याउने प्रचलन अहिले यथावतै रहेको उनको भनाइ छ ।

घट्दो प्रचलन

त्यसो त पहिलेको तुलनामा अहिले निकै कम मात्रामा मात्र वस्तु विनिमय हुने गरेको छ ।

२०५५/५६ सालसम्म हाट भर्न आउने अधिकांश मानिस वस्तु विनिमयमै कारोबार गर्दथे ।

तर, अहिले थोरैले मात्र पुरानै प्रथालाई अँगालेको महालक्ष्मी नगरपालिका–४ का वडाध्यक्ष शुक्रराज बुढाथोकीले बताउँछन् ।

हाटप्रतिको मोह घटेका कारण हाट भर्नेको सङ्ख्यामा कमी हुँदै र बजारमा आउने बुढाबुढीको सङ्ख्यामा कमी भई युवापुस्ता हाबी हुँदै गएपछि यो प्रचलन पहिलेको तुलनामा कम हुँदै गएको उनको भनाइ छ ।

त्यस्तै पछिल्लो समय शुरु शुरुमा नगदमै कारोबार गर्ने अनि नगदमा बिक्न छाडेपछि मात्र साटासाट गर्ने गरेको उनी बताउँछन् ।

“पहिले जस्तो हाटबजारै लाग्दैन, बसाइँसराइ तथा गाउँघर सबैतिर पसल पुगेकाले हाट भर्न आउनेको सङ्ख्या घटेको छ ।

त्यसमा पनि युवापुस्ता बढी आउने हुँदा वस्तु विनिमय प्रथा घट्दै गएको छ,” वडाध्यक्ष बुढाथोकी भन्छन् ।

Page Views: 64
संबन्धित शिर्षकहरु
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama