Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार हो: पूर्वराष्ट्रपति भण्डारी

- shuvadmin / शनिबार, भदौ १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वीरगञ्ज, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छन् ।

परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा महिलाको योगदान सधैं अग्रपंक्तिमा रहेको उनले बताइन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाको योगदानलाई अझै अपेक्षित सम्मान प्राप्त नभएको बताइन् ।

‘अब हामीले महिलाहरू पनि नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न पूर्णरूपमा सक्षम छन् भन्न सक्ने अवस्थाको सिर्जना गर्न सक्नुपर्दछ,’ उनले भनिन् ।

वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु व्यक्तिगत सफलता मात्रै नभएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले प्रशंसा गरेकी थिइन् ।

त्यहाँको महिलाहरूको सक्रियता सिंगो देशकै अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि भएको उनको भनाइ छ ।

महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने भन्दै भण्डारीले आगामी पुस्तालाई प्रेरणा दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

‘हामीले हाम्रो समाजमा अझै बाँकी रहेका लैंगिक असमानता, पूर्वाग्रह र अवरोधहरूलाई तोड्नुपर्नेछ, यसका लागि महिलाले आफैं आत्मविश्वासी बन्नुपर्छ, समाजलाई सकारात्मक ढंगले चुनौती दिनुपर्छ र परिवर्तनको नेतृत्व लिनुपर्दछ,’ उनले भनिन् ।

कार्यक्रममा पर्सा, बारामा उद्योग, व्यापार, शिक्षा, सामाजिक कार्यमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरिएको थियो ।

Page Views: 59
संबन्धित शिर्षकहरु
नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
ताजा अपडेट
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama