Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लिपुलेक हुँदै तय हुने कैलाश मान सरोवर यात्रा शुरु भएकोमा सीसँग खुसी देखिए मोदी

- shuvadmin / आइतबार, भदौ १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका छन्। मोदीले भेटका क्रममा मानसरोवर यात्रा फेरी शुरु भएकोमा खुसी व्यक्त गरे।

उनले आफ्नो सम्बोधनको सुरुवातमै मानसरोवर यात्रा फेरि शुरु भएको बताएका थिए।

मोदीले लिपुलेकको नाम नलिएपनि यो यात्रा लिपुलेक हुँदैअघि बढ्ने भएकाले भारत र चीनबीच यो नाका खोल्ने सहमतिलाई मोदीले सीसँगको भेटका दौरान पनि ‘कुट्नीतीक’ रुपमा सुरुवातमै ‘मानसरोवर’ यात्रा फेरी शुरु भएको बताएका थिए।

लगतै उनले दुई देशबीच सिधा हवाइ उडान शुरु हुन लागेको बताए।

शनिबार मात्रै नेपालका प्रधानमन्त्री केपी ओलीले चीनका राष्ट्रपति सीसँग लिपुलेक नेपालको भएको र यसमा चीन र भारतबिच व्यापारिक सिमा खोल्ने सहमतिको विरोध परराष्ट्र मन्त्रालयले जनाएको थियो।

तर, चीनको विदेश मन्त्रालयले उनको यो विरोधको बारेमा आफ्नो वेवसाइटमा नेपालले राखेको यो विषयमा एक शब्द पनि उचारण गरेको थिएन।

मोदीले भेटका क्रममा भारत र चीनबिचको सहयोगले २.८ बिलियन मानिसहरुलाई फाइदा पुग्ने भन्दै मानव कल्याणका लागि चीन र भारतबीचको बलियो सम्बन्धले ठूलो योगदान पुग्ने बताए।

उनले आपसी विश्वास, सम्मानको आधारमा सम्बन्ध अघि बढाउनका लागि भारत प्रतिवद्ध रहेको समेत बताए।

प्रधानमन्त्री मोदी ७ वर्षपछि चीन पुगेका हुन्। दुई देशका नेताहरुबीच ५० मिनेट कुरा भएको थियो।

पछिल्लो समय अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएपछि भारत र चीनबीच नाटकीय रुपमा सम्बन्ध सुधार भएको छ।

मोदीले शंघाई सहयोग संगठनको सफल अध्यक्षताका लागि चीनलाई शुभकामना दिँदै चीन आउने निमन्त्रणा दिएकोमा धन्यवाद दिएका थिए।

जवाफमा सीले चीन र भारतबीचको प्राचिन सभ्यता रहेको भन्दै विश्वको सर्वाधिक धेरै जनसंख्य भएको दुई देशबीच सहयोग र समन्वय र सद्भाव आवश्यक रहेको बताएका थिए।

उनले ग्लोबल साउथमा दुई महत्त्वपूर्ण सदस्य भएको भन्दै मानव विकास र सभ्यता तथा मानव समाजको प्रगतिका लागि दुवै देशको ऐतिहासिक जिम्मेवारी रहेको बताएका थिए।

सीले दुवै देश एकअर्काको सफलताका लागि जिम्मेवारीपूर्वक सहयोगी भएर उभिनुपर्ने भन्दै ड्र्यागन र हात्ती एकसाथ अघि बढ्नु पर्ने बताएका थिए।

Page Views: 64
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
देशका विभिन्न राजमार्गहरू अवरुद्ध
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama