Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दार्चुलामा अटो दुर्घट्नामा एकको मृत्यु, दुई जना बेपत्ता

- shuvadmin / सोमबार, भदौ १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दार्चुला, दार्चुलामा अटो दुर्घट्नामा परी एक बालिकाको मृत्यु हुनुका साथै दुई जना वेपत्ता भएका छन् भने एक घाइते भएका छन् ।

सोमबार (आज) दिउँसो करिव १ बजेतिर नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा अन्दाजी १२/१३ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

मृतक बालिकाको सनाखत हुन बाँकी रहेको उनले बताए । सोही अटोमा सवार दुई जना महिला नौगाड खोलामा वेपत्ता भएको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ । अटोमा सवार अटो चालक मनीराम भुलको १७ वर्षीया छोरा आयुष भुल घाइते भएका छन् ।

उनलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको प्रहरी निरिक्षक रावतले जानकारी दिए ।

चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन् ।

नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट धुलिगडातर्फ आउँदै गरेको अटो सडकबाट अन्दाजी ५० मिटर तल नौगाड खोलामा खसेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा धुलिगडा र होपरीगाडबाट प्रहरी चौकीबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Page Views: 46
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
देशका विभिन्न राजमार्गहरू अवरुद्ध
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama