Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध हुँदा स्याउ बोकेको २० ट्रक अलपत्र

- shuvadmin / सोमबार, भदौ १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जुम्ला, अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।

भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् ।

तीनदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन्।

गगने खोलामा ठुला ढुङ्गा आएको र ब्रेकरले पनि ढुङ्गा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ ।

सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै रोकिएको छ । तीनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौँ रुपियाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ।

विगतको तुलनामा यस वर्ष ढिला गुल्कोजको मात्र भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्वाध रूपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरू बताउँछन् ।

सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेकर्डअनुसार भदौ १४ गतेदेखि १६ गते बिहानसम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् ।

नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते अर्थात १ वटा गरी जम्मा २० वटा ट्रकले स्याउ बोकेर गएको असई शर्माले जानकारी दिए ।

भदौ १४ देखि १६ गतेसम्म स्याउ बोकेका २० ट्रक रोकिएका छन्। २० वटा ट्रक भण्डै सात सय ९ क्विन्टल स्याउ निर्यात भएको छ ।

न्यूनतम १२ क्विन्टलदेखि अधिकतम् ४० क्विन्टलसम्म स्याउ व्यापारीले बिक्रीका लागि लिएको पाइएको छ । लगातार दुई दिनदेखि बाटोमै स्याउ थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालीले बताए ।

उनले भने , “स्याउ निर्यातकै सिजनमा वर्षा हुने, बाढी पहिरो आउने र बाटो अवरुद्ध हुने समस्या छ । करोडौंका स्याउ बोकेका गाडी अलपत्र पर्ने गरेका छन् । तर, अवरुद्ध खुलाउने तयारी सुस्त छ ।

ठूला ढुङ्गा खसेका ब्रेकरले फुटाउन सकेको छैन । अब ब्लास्टिङ गर्ने भन्ने छ । कहिले सडक खुल्ने हो पत्तो छैन् ।

त्यस्तै अर्का स्याउ व्यापारी कालीबहादुर रोकायाले सडक अवरुद्ध भएपछि जुम्लाका किसान र व्यापारीले गत वर्षजस्तै सास्ति पाएको बताए ।

उनले ४ हजार किलो स्याउ बिक्रीका लागि लिएका छन् । सडक खुल्ने स्थिति नरहेपछि कुहिने चिन्ताले सताएको छ ।

उहाँले भन्नुभयो, “किसानको आधा पैसा दिन बाँकी छ । गाडीको ढुवानी दिनुपर्ने छ । स्याउ बाटोमै थन्किएपछि कुहिने सम्भावना छ ।

समयमै सडक नखुल्दा किसान व्यापारी मारमा परेका छौं । तत्काल सडक खुलाउनु पर्छ।”

जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउ निर्यात गरेर आउने आम्दानी हो ।

स्याउ निर्यातको समयमा दिनसम्म सडक अवरुद्ध भएको र खुल्ने समय निश्चित नहुँदा बाटोमा अलपत्र परेको मात्र नभई बोटकै स्याउ पनि कुहिने अवस्था आएको छ ।

प्रहरीको रेकर्ड अनुसार २० ट्रक अलपत्र परेको छ ।

प्याकिङ गरी निर्यात गर्ने तयारीमा रहेका गाडी र सङ्कलन गरेर प्याकिङ गर्दै गरेको स्याउ पनि जिल्लामै थन्किएको छ ।

यो समस्याले किसानको करोडौं मूल्यको स्याउ कुहिने जोखिम बढेको छ । एउटा ट्रकमा कम्तिमा पाँच सय स्याउका कार्टुन लोड गरिएका छन् ।

तीन दिनदेखि सडक पूर्णरूपमा अवरुद्ध भएपछि करोडौँको स्याउ अलपत्र अवस्थामा छ ।

यस वर्ष जुम्लामा बढीमा १३ हजार मेट्रिकटन स्याउ फल्ने अनुमान गरिएको छ । जम्मा ४ हजार मेट्रिक टनसम्म निर्यायत हुने अनुमान कृषकको छ ।

असिनाले यस वर्ष जुम्लामा स्याउमा ठुलो क्षति गरेको छ । करिब ५ लाख बिरुवामा असिनाले क्षति गर्दा १६ करोडको स्याउ नोक्सान भएको थियो ।

उत्पादन कम भएको वर्ष मुल्यवृद्धि भए पनि सडक अवरुद्ध हुँदा किसान र व्यापारी घाटामा छन् ।

सडक अवरुद्ध हुँदा ठुला मालबाहक सवारीसँगै अन्य यात्रुबाहक सवारी पनि सडकमै थन्किएका छन् ।

समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्याउन नसके करोडौँको क्षति जुम्लाले बेहोर्नुपर्ने जुम्लाका देउराम नेपालीले बताए ।

उनले भने , “केही कमाइ होला, नजिकिदै गरेको दशैँतिहार मनाउने रकमको जोहो होला भनेर स्याउ ल्याइयो, बाटो अवरुद्धले उल्टै समस्या पर्नेभयो ।”

“चार दिनदेखि बाटोमै छौं, चालक, सहचालकलाई खुवाउँदा खर्च बढेको छ । गाडीको ढुवानी पनि बढी तिर्नुपर्ने अवस्था छ ।

यसरी थन्किएको स्याउ कुहिने समस्या पनि हुन्छ । करोडौँको क्षति हुने निश्चित छ” नेपालीले भने ।

सडक खुलाउन ब्लास्टिङ

अवरुद्ध कर्णाली राजमार्ग खुलाउन ब्लास्टिङ भइरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए ।

उनले भने , “ब्रेकर लगाएर ढुङ्गा फुटाउने प्रयास गरेका छौं। दुई दिनसम्मको प्रयास सम्भव नभएकाले ब्लास्टिङ नगरी सडक खुल्ने स्थिति छैन।

अब कालिकोट प्रहरी प्रशासन र सेनासँग समन्वय गरी ब्लास्टिङ गर्ने तयारी भइरहेको छ ।”

गगने खोलामा ठुला ठुला ढुङ्गा खसेको र सडकको नाम निसाना नरहेकाले ब्लास्टिङ मात्र अन्तिम विकल्प रहेको उनको भनाइ छ ।

सेनाद्धारा ढुङ्गा ब्लास्टिङ गरेर आज सडक खुलाउने प्रयासमा रहेकोसमेत डिभिजन प्रमुख चौधरीले जानकारी दिए । ।

गगने खोला अवरुद्ध खुले पनि कर्णाली राजमार्गमा जोखिम कायमै रहेको उनको भनाइ छ ।

भौगोलिक रूपमा भिरालो क्षेत्र र स्थानीय तहले जथाभावी निर्माण गरेको सडकका कारणले वर्षा हुने वित्तिकै कर्णाली राजमार्गमा पहिरोको उच्च जोखिम रहेको छ ।

गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्ध भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेको थियो ।

Page Views: 102
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama