Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कागखोलामा बेलिब्रिज जडान, उपल्लो मुस्ताङ पुग्न सहज

- shuvadmin / मङ्गलबार, भदौ १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुक्तिनाथ, गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक आयोजना अन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,कागखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।

वि।सं २०८० साल साउन २८ गते कागखोलमा आएको बाढीले बगाएपछि बेनी नगरपालिका–९,राहुघाट नदीमा प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई लगेर जडान गरिएको हो ।

बेलिब्रिज निर्माणका लागि कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक आयोजनाले ढुवानी, मर्मतसहित सम्पूर्ण कार्यका लागि ३५ लाख लागतमा लम्बाइ ३६ मिटर र चौडाइ ५।४ मिटरको बेलिब्रिज निर्माण गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईंले बताए ।

यस वर्ष मनसुनमा कागखोलामा पानीको वहाव बढेपछि पटकपटक सडक कागबेनी–कोरला सडकमार्ग अवरुद्ध भएको थियो ।

कागखोलामा बेलिब्रिज बनेपछि बारागुङ मुक्तिक्षेत्र–३ छुसाङ हुँदै उपल्लो मुस्ताङको लो–घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका हुँदै कोरला नाकासम्म जाने स्थानीय तथा पर्यटकलाई सास्ती हुने गरेको थियो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले बेलिब्रिजका लागि गरिएको प्रयास सफल भएको बताए ।

‘‘बेलिब्रिजबाट सवारीसाधन आवतजावत गर्न थालेका छन्,अब कागखोलामा बाढीपहिरो आउँदा पनि समस्या हुँदैन ।’’

गाउँपालिका अध्यक्ष गुरूङले सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयसहित विभिन्न निकायमा पत्राचार गरिएको थियो ।

यसबीच आयोजना कागबेनी–छुसाङ सडक बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा ३ छुसाङ खण्डको १० किलोमिटर कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्रको काम शुरू गरिएको छ ।

तक्सर इफ्फाटा बुद्ध जेभीसँग ठेक्का सम्झौता भएअनुसार कालोपत्रे गर्न २८ करोड ८७ लाख रुपियाँ विनियोजन गरिएको छ ।

Page Views: 44
संबन्धित शिर्षकहरु
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
प्रतिनिधिसभाको बैठक बस्दै
ताजा अपडेट
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
  • बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • विद्यालयलाई पानी ट्यांकी र मोटर सहयाेग
  • बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दे
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama