Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ बाट पयर्टन ब्यावसायी सापकोटा,रोजगारदाता पौडेल र सञ्चारकर्मी चौलागाईं सम्मनित

- shuvadmin / बिहिबार, भदौ १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ बाट पयर्टटन ब्यावसायी रामप्रसाद सापकोटा, बैदेशिक ब्यावसायी विवेक पौडेल र सञ्चारकर्मी कुमारप्रसाद चौलागाईं सम्मनित भएका हुन् ।

युनाइटेड नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा भएको यो कार्यक्रम विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिटअन्तर्गत सम्मन कार्यक्रमको आयोजना गएिको थियो ।

कार्यक्रममा नौ भन्दा बढी मुलुकका शान्तिवादी नेता, मानवाधिकारकर्मी, कूटनीतिज्ञ तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो।

थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा भएको कार्यक्रममा भएको कार्यक्रममा पर्यटन क्षेत्रमा सक्रिय सापकोटालाई अन्तर्राष्ट्रिय व्यक्तित्व सम्माबाट सम्मानित भएका हुन् । पर्यटन ब्यावसायी सापकोटा लामो समयदेखि होटल ब्यावसायमा सक्रिय रहँदै आएका थिए ।

सापकोटालाई नेपालको पर्वतीय पर्यटन र हस्पििटालिटी क्षेत्रमा गरेको कामको उच्च मुल्याङकन गर्दै सम्मन गरेको हो ।

यसै गरी सम्मनित हुनेमा एसबी ओभरसिज प्रा.लि.का अध्यक्ष विवेक पौडेल रहेका थिए । उनलाई पनि थाइल्यान्डको बैंककमा सम्पन्न एक विशेष समारोहमा ‘एक्सिलेन्स अवार्ड’ बाट सम्मन गरिएको हो ।

‘युनिप अन ग्लोरी एक्सिलेन्स अवार्ड २०२५’ अन्तर्गत रोजगारतर्फको उत्कृष्ट योगदानका लागि पौडेललाई पुरस्कृत गरिएको हो ।

नेपालका युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्दै अन्तर्राष्ट्रियस्तरमा देशको नाम उजागर गरेको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

सममानित हुने अर्का ब्यक्तित्व थिए सञ्चारकर्मी कुमारप्रसाद चौंलागाईं । करिव दुइ दशक नेपालको पर्यटन क्षेत्रमा कलम चलाएका चौंलागाईंलाई नेपालको पर्यटनलाई सञ्चारमाध्यम मार्फत योगदान गरेको कदर गर्दै सम्मान गरेको हो ।

यस अवसरमा साहित्य, व्यवसाय, पर्यटन, सामाजिक सेवा, शान्ति अभियान, वातावरण, स्वास्थ्य, खेलकुद व्यवस्थापन र महिला सशक्तीकरण लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका २७ जना अन्तर्राष्ट्रिय तथा नेपाली व्यक्तित्वहरूलाई उत्कृष्टता पुरस्कार प्रदान गरियो।

साथै, शान्ति र मानवतावादी सेवामा निरन्तर योगदान पुर्‍याएका १६ जना विशिष्ट व्यक्तित्वलाई ‘शान्ति राजदूत प्रमाणपत्र’ प्रदान गरिएको थियो।

Page Views: 23
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama