Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ७ प्रदेशका ७ शिक्षकलाई लाई पी.पी. प्रसाई फाउन्डेसनको सम्मान

- shuvadmin / शनिबार, भदौ २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पी.पी. प्रसाई फाउन्डेसनले नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई पी.पी. प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड २०२५ बाट सम्मानित गरे ।

पूर्वसचिव ढकालको कार्यकालमा नेपाल भ्रमण वर्ष-१९९८ अभियानले उल्लेखनीय सफलता हासिल गरेको थियो ।

ढकालको नेतृत्वमा सन् १९९८ मा महत्त्वपूर्ण संस्था नेपाल पर्यटन बोर्ड स्थापना भएको थियो । त्यस्तै नेपाल नागरिक उड्डययन प्राधिकरण स्थापना गर्न पनि उनको महत्त्वपूर्ण भूमिका थियो ।

पर्यटन क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै पी.पी. प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित गरिएको हो ।

यसैगरी फाउन्डेसनले प्रदेशस्तरीय ‘उत्कृष्ट शिक्षक पुरस्कार(२०८२’ बाट सातजना सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई सम्मान गरेको छ ।

यो वर्ष कोसी प्रदेशबाट केशवराज कट्टेल (फिक्कल मावि इलाम), मधेस प्रदेशबाट जितेन्द्र राम (अजिज मियाँ मावि पर्सा), बागमती प्रदेशबाट अप्सराकुमारी घिमिरे (जन उद्धार मावि काठमाडौं), गण्डकी प्रदेशबाट विष्णु घिमिरे (राधा मावि तनहुँ), लुम्बिनी प्रदेशबाट प्रभात सुवेदी (बगलामुखी राधाकृष्ण थारु मावि बर्दिया), कर्णाली प्रदेशबाट देवेन्द्र तिमिल्सिना उपाध्याय (कर्णाली मावि जुम्ला) र सुदूरपश्चिम प्रदेशबाट हेमराज विष्ट (धनगढी नमूना प्रावि कैलाली) सम्मानित भए ।

प्रतिष्ठानले प्रत्येक उत्कृष्ट शिक्षकलाई पचास हजार रुपैयाँ नगदसहित पुरस्कार र सम्मानका साथै पुरस्कृत शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रुपैयाँबराबरको शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।

देशभरबाट आवेदन माग गरेर शिक्षकको शिक्षणशैली, विद्यार्थीको अतिरिक्त प्रतिभा तथा सीप सिकाइमा प्रोत्साहन, अभिभावक तथा समुदायसँगको सम्बन्ध तथा शिक्षण पेसाप्रतिको समर्पण, तालिमबाट सिकेका ज्ञानको कक्षाकोठामा प्रयोग, सिकाइ उपलब्धि, स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायत आधारमा शिक्षाविद्, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध(प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्दछ ।

जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्र्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति (पी.पी) प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ।

यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने योजना रहेको पी।पी। प्रसाई फाउन्डेसनका अध्यक्ष शिखर प्रसाईले जानकारी दिए ।

पर्यटन व्यवसायी प्रजापति प्रसाईको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्त रुप दिन २०६७ फागुन ६ गते पी.पी. प्रसाई फाउन्डेसनको गठन गरिएको हो ।

प्रसाईको २०५६ भदौ २० (५ सेप्टेम्बर, १९९९) मा हवाई दुर्घटनामा निधन भएको थियो ।

Page Views: 81
संबन्धित शिर्षकहरु
सन्तोष साह हाजिरी जमानीमा छुटे
नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
ताजा अपडेट
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
  • आज कुन राशिको राशिफल कस्ताे
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama