Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कञ्चनपुरमा पनि चर्कियो जेन-जी आन्दोलन, सरकारी र दलका कार्यालयमा ढुंगामुढा र आगजनी

- shuvadmin / मङ्गलबार, भदौ २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कञ्चनपुर, जेन-जीले शुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ।

दोस्रो दिन मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा पनि प्रदर्शन चर्किएको हो।

यसै क्रममा कञ्चनपुरका पनि विभिन्न ठाउँमा युवा विरोधमा उत्रिएका छन्।

महेन्द्रनगरमा टायर बालेर युवा प्रदर्शनमा उत्रिएका छन्। आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय निसाना बनाएका छन्।

अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा युवाहरुले ढुंगामुढा गर्दै तोडफोड गरेका छन्।

यस्तै उनीहरूले नेकपा एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगो झोस्ने प्रयास गरेका छन्।

दुवै पार्टी कार्यालय परिसरमा टायर बालेर आगो लगाउने कोसिस भएको छ। भीमदत्त नगरपालिका मूल प्रवेशद्वारमा ढुङ्गामुढा गरिएको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर कञ्चनपुरका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प छन्।

जेन-जेडको आन्दोलनमा सरकारी दमनमा सोमबार १९ युवा मारिएपछि श्रद्धाञ्जली अर्पण गर्दै यातायात सेवा बन्द गरिएको हो।

शैक्षिक संस्था र बजार पनि बन्द गरिएको छ।

Page Views: 20
संबन्धित शिर्षकहरु
हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
गृहमन्त्री गुरुङ चितवन पुगे
विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
ताजा अपडेट
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?
  • नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक
  • फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama