Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुरक्षाका कारण वीरगञ्ज भन्सारमा सयौं मालवाहक ट्रक रोकिए, आयात–निर्यात ठप्प

- shuvadmin / बिहिबार, भदौ २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वीरगञ्ज, तीन दिनदेखि दक्षिणतर्फको सबैभन्दा ठूलो नाका वीरगन्ज भन्सारमा सयौं मालवाहक कन्टेनरहरू थन्किएका छन् ।

नेपाल भित्रिनका लागेका सयौं मालवाहक कन्टेनरहरू जेनजीको अन्दोलनगलत्तै भन्सारमा रोकिएका हुन् ।

दैनिक ८ ८ सयको हाराहारीमा मालवाहक कन्टेनर तथा ट्याकङकरहरू भित्रिने भन्सारमा पछिल्लो तीन दिनदेखि कुनै पनि मालवाहक गाडी भित्रिन र बाहिरिन सकेका छैनन् ।

यद्यपि, तीन दिनपछि मंगलवार मात्रै भन्सार कार्यालयले ७० वटा खाली गाडी भारतर्फ पठाएको छ ।

र, ४० वटा ग्यास र ४४ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू भित्र्याएको छ ।

दुई दिनदेखि नाकामा मालवाहक गाडीहरू रोकिएर बसेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले बताए ।

मंगलबार मात्रै पेट्रोलियम पदार्थ र ग्यासका ट्यांकरहरू भित्र्याएको र अन्य भन्सारमै रोकिएको उनको भनाइ छ ।

यसबाहेक अत्यावश्यक वस्तुहरूको अपपूर्तिका लागि सामान पठाइरहेको उनको दाबी छ ।

‘दुई दिनदेखि कुनै पनि मालवाहक कन्टेनरहरूको जाँच पास भएको थिएन । रोकिएर बसेको अवस्था थियो ।

आज मात्रै हामीले ४४ पेट्रोलियम र ४० ग्यासका ट्यांकरहरू पठाएका छौँ’, उनले भने, ‘सुरक्षाको समन्वय नभएसम्म जान दिने अथवा भित्र्याउने कुरा हुँदैन ।

सुरक्षा निकायले भन्नेबित्तिकै यताबाट पठाइहाल्छौँ ।’ वीरगन्ज भन्सारको यार्डमा हजारौँ मालवाहक ट्रकहरू रोकिएर बसेको अवस्था छ ।

यस भन्सार कार्यालयबाट दैनिक ८ सयको हाराहारीमा मालवाहक ट्रक तथा ट्याङ्कर जाँचपास हुने गर्दछन् ।

मंगलबारसम्म वीरगञ्ज भन्सारको यार्डमा मात्रै १ हजार ३५ मालवाहक गाडीहरू रहेका छन् ।

त्यसबाहेक भन्सारमै नपुगेर नाकाबाहिर पनि हजारौं गाडीहरू रोकिएका छन् ।

Page Views: 61
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama