Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाँके कारागारबाट भागेका ४७ बालबन्दी र कैदी पक्राउ

- shuvadmin / शनिबार, भदौ २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालगन्ज, बाँकेको दुईवटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३ सय ४२ जना बालबन्दी र कैदीहरुमध्ये हालसम्म ४७ जना पक्राउ परेका छन् ।

२ सय ९५ जना अझै पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधार गृहबाट भागेका १ सय ९५ जना बालबन्दीमध्ये ३४ जना पक्राउ परेको तथा नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १ सय ४७ जना कैदीमध्ये १३ जना पक्राउ परेको बालसुधार गृह र कारागारका अधिकारीहरुले जनाएका छन् ।

डुडुवास्थित जयन्दु बालसुधार गहृका प्रमुख किशोर शर्माले जेनजी आन्दोलनको बेला सुधारगृहमा रहेका २२८ जना बालबन्दीमध्ये १ सय १५ जना भागेकोमा २१ जना पक्राउ परेको र ९४ जनाको खोजी भइरहेको बताए ।

पmरार रहेकालाई बालसुधार गृहमा फर्किन अनुरोध गरिएको प्रमुख शर्माले बताए ।

सोही प्रकारले नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १ सय ७२ जना बालबन्दीमध्ये ८० जना भागेकोमा १३ जना पक्राउ परेको बताए ।

पाँच जना बाँकेबाट र आठ जना दाङबाट पक्राउ परेको रानाले बताए । सो सुधारगृहका ६५ जना बालबन्दीको खोजीकार्य भइरहेको छ ।

यसैगरी नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १ सय ४७ जना कैदीमध्ये १३ जना पक्राउ परेको तथा १ सुय ३४ जनाको खोजी भइरहेको क्षेत्रीय कारागारका प्रमुख जालन्धर भुषालले बताए ।

सो कारागारमा ५ सय ८५ जना कैदीहरु थिए ।

पक्राउ परेका ४७ जनामध्ये केही आफै फर्किएको र अधिकांशलाई खोज तलाशका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अझै पनि फरार रहेको २ सय ९५ जना बालबन्दी र कैदीलाई फर्किन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजतलाश गरी पक्राउ गरिने चेतावनी दिइएको छ ।

जिल्लाको विभिन्न बालसुधार गृह र कारागारबाट कैदीबन्दी भागेपछि अहिले ती सबै ठाउँमा नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ ।

जेनजी आन्दोलनको समयमा देशभरिका विभिन्न बाल सुधारगृह र कारागारबाट कैदी बन्दीहरु भागेका थिए ।

Page Views: 74
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama