Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार याक र चौंरी पालन

- shuvadmin / शनिबार, भदौ २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फुङलिङ, चौरीगाई (याक) लाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेशगरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१, कालीखोलास्थित तिम्बुङ पोखरी क्षेत्रमा प्रशस्त मात्रमा याक देख्न सकिन्छ ।

करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीको आसपासमा कालीखोला, सुरुमखिम र मेहेलेका कृषकहरूले याक पालन गरेका छन् ।

पछिल्लो समय याक पालक कृषकहरू पलायनको अवस्था हुँदा सिरिजङ्घा गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाले याक प्रवर्धनका लागि अनुदानको कार्यक्रम अघि सारेका छन्।

कोरोनापछि चीनसँगको नाका बन्दका कारणले गर्दा याकको मूल्यमा भने धेरै गिरावट आएको सुरुमखिमका टार्जन खुदाङ बताउँछन् ।

उनका अनुसार यसअघि नाका खुला हुँदा एक लाखदेखि एक लाख ५० हजार सम्ममा बिक्री भएको याक अहिले ६० देखि ७० हजारसम्ममा पनि बिक्री हुन सकेको छैन ।

यदि चीनसँगको नाका खुला हुने हो भने यहाँका कृषकहरूको आर्थिक अवस्थामा धेरै सुधार आउने लिम्बूको भनाइ छ ।

Page Views: 91
संबन्धित शिर्षकहरु
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
ताजा अपडेट
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama