Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

म बनाउँछु मेरो सिंहदरबारु भन्दै अर्घाखाँचीका तरकारी कृषकले जम्मा गरे १ लाख

- shuvadmin / मङ्गलबार, भदौ ३१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अर्घाखाँची, आधा फुलेको दाह्री। नसमेलिएको कपाल। खरानी रङको पाइन्ट, खैरो टिसर्ट र हाफ ज्याकेट।

सोमबार दिउँसो साढे ३ बजेतिर यही हुलियामा एक व्यक्ति जिल्ला प्रशासन कार्यालय अर्घाखाँची आइपुगे।

त्यति बेला अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल कार्यकक्षमै थिए।

ती व्यक्तिले सिडिओको कार्यकक्ष पुगेर आफ्नो ब्यानर खोल्दै भने, सिंहदरबार जल्दै गर्दा मलाई मेरो आस्था जलिरहेजस्तो लाग्यो। बरू मेरो घर जल्दा फरक पर्ने थिएन होला। मलाई त्यति धेरै चोट परेको छ।

ब्यानरको माथिपट्टि जलिरहेको सिंहदरबारको तस्बिर छापिएको थियो। तल राता अक्षरमा म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देशु लेखिएको थियो।

टाउकोमा पहेँलो रङको हेलमेट लगाएर काँधमा इँटा बोकेका युवाको तस्बिर पनि छापिएको थियो।

यसरी सिंहदरबार जलेकोमा दुस्खमनाउ गर्न आएका ती व्यक्ति कुनै अभियन्ता थिएनन्।

उनी थिए, वर्षौं‌देखि तरकारी खेती गर्दै आएका अर्घाखाँचीको शितगंगाका किसान तुलसीराम अधिकारी।

खोटाङ घर भएका अधिकारी पाँच–छ वर्षदेखि शितगंगा नगरपालिका(२ सीतापुरमा व्यावसायिक टिमुर र तरकारी खेती गर्दै आएका छन्।

उनी सन्धिखर्क तारामार्गका अर्का किसान ठाकुरप्रसाद खनालका साथमा प्रशासन कार्यालय पुगेका थिए।

दुई घन्टा गाडी चढेर जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरूको एउटै उद्देश्य थियो — प्रदर्शनकारीहरूले आगजनी गरेर ध्वस्त पारेको सिंहदरबार पुनर्निर्माणमा सहयोग गर्नु।

त्यसका लागि उनीहरूले १ लाख १ सय रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा पनि गरिसकेको बताए।

देशको इतिहास सिंहदरबार जलेकाले पुनर्निर्माणका लागि आफूबाटै अभियान सुरू गरेको अधिकारीको भनाइ छ।

सिंहदरबार एउटा भवन मात्र होइन, नेपालको इतिहासको धरोहर हो। जुन दिनदेखि सिंहदरबार जल्यो, त्यो दिनबाट म निदाउन सकेको छैन, उनले भने, जलिरहेको सिंहदरबार र रगतमा लतपतिएका मृतकका तस्बिरले मलाई झस्काइरहेको छ।

अधिकारीले सीतापुरमा जग्गा किनेर र भाडामा लिएर टिमुर, काँक्रा, टमाटर, गोभी, खुर्सानी लगायत तरकारी खेती गर्दै आएका छन्।

उनले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरेको १ लाख १ सय रूपैयाँको भौचर सिडिओ अर्याललाई हस्तान्तरण गरे।

उक्त अवसरमा अर्यालले स्वच्छ भावना लिएर देशका लागि सहयोग गरेकामा अधिकारीलाई धन्यवाद दिए।

ुआन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त संरचनाहरू पुनर्निर्माणका लागि सरकारले कुनै कोष बनाइनसकेकाले प्रधानअर्घाखाँची, आधा फुलेको दाह्री। नसमेलिएको कपाल। खरानी रङको पाइन्ट, खैरो टिसर्ट र हाफ ज्याकेट।

सोमबार दिउँसो साढे ३ बजेतिर यही हुलियामा एक व्यक्ति जिल्ला प्रशासन कार्यालय अर्घाखाँची आइपुगे।

त्यति बेला अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल कार्यकक्षमै थिए।

ती व्यक्तिले सिडिओको कार्यकक्ष पुगेर आफ्नो ब्यानर खोल्दै भने, सिंहदरबार जल्दै गर्दा मलाई मेरो आस्था जलिरहेजस्तो लाग्यो। बरू मेरो घर जल्दा फरक पर्ने थिएन होला। मलाई त्यति धेरै चोट परेको छ।

ब्यानरको माथिपट्टि जलिरहेको सिंहदरबारको तस्बिर छापिएको थियो। तल राता अक्षरमा म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देशु लेखिएको थियो।

टाउकोमा पहेँलो रङको हेलमेट लगाएर काँधमा इँटा बोकेका युवाको तस्बिर पनि छापिएको थियो।

यसरी सिंहदरबार जलेकोमा दुस्खमनाउ गर्न आएका ती व्यक्ति कुनै अभियन्ता थिएनन्।

उनी थिए, वर्षौं‌देखि तरकारी खेती गर्दै आएका अर्घाखाँचीको शितगंगाका किसान तुलसीराम अधिकारी।

खोटाङ घर भएका अधिकारी पाँच–छ वर्षदेखि शितगंगा नगरपालिका(२ सीतापुरमा व्यावसायिक टिमुर र तरकारी खेती गर्दै आएका छन्।

उनी सन्धिखर्क तारामार्गका अर्का किसान ठाकुरप्रसाद खनालका साथमा प्रशासन कार्यालय पुगेका थिए।

दुई घन्टा गाडी चढेर जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरूको एउटै उद्देश्य थियो — प्रदर्शनकारीहरूले आगजनी गरेर ध्वस्त पारेको सिंहदरबार पुनर्निर्माणमा सहयोग गर्नु।

547198043_647493671396714_1221535324208276296_n-1757946141.png

त्यसका लागि उनीहरूले १ लाख १ सय रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा पनि गरिसकेको बताए।

देशको इतिहास सिंहदरबार जलेकाले पुनर्निर्माणका लागि आफूबाटै अभियान सुरू गरेको अधिकारीको भनाइ छ।

सिंहदरबार एउटा भवन मात्र होइन, नेपालको इतिहासको धरोहर हो। जुन दिनदेखि सिंहदरबार जल्यो, त्यो दिनबाट म निदाउन सकेको छैन, उनले भने, जलिरहेको सिंहदरबार र रगतमा लतपतिएका मृतकका तस्बिरले मलाई झस्काइरहेको छ।

अधिकारीले सीतापुरमा जग्गा किनेर र भाडामा लिएर टिमुर, काँक्रा, टमाटर, गोभी, खुर्सानी लगायत तरकारी खेती गर्दै आएका छन्।

उनले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरेको १ लाख १ सय रूपैयाँको भौचर सिडिओ अर्याललाई हस्तान्तरण गरे।

उक्त अवसरमा अर्यालले स्वच्छ भावना लिएर देशका लागि सहयोग गरेकामा अधिकारीलाई धन्यवाद दिए।

ुआन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त संरचनाहरू पुनर्निर्माणका लागि सरकारले कुनै कोष बनाइनसकेकाले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गर्न भनेका थियौं, अर्यालले भने।मन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गर्न भनेका थियौं, अर्यालले भने।

Page Views: 76
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama